हेलिकोप्टर दुर्घटनाका पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिने | Khabarhub Khabarhub

हेलिकोप्टर दुर्घटनाका पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिने


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाका परिवारलाई आवश्यक आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको साझा संकल्पमा इमान्दारिताका साथ लागेका मन्त्री अधिकारीसहित हेलिप्कटर दुर्घटनामा परी निधन भएका सातै जनाको परिवारको अवस्थाबारे अध्ययन भइरहेको उल्लेख गर्दै छिट्टै आवश्यक आर्थिक सहायता उपलब्ध गराउने बताएका हुन् ।

बिहीबार मन्त्री अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमम बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको सफल कार्यान्वयन, मुलुकको विकास र समृद्धिको अभियानमा इमान्दार मन्त्री अधिकारी, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालगायतको निधनबाट सिंगो मुलुक मर्माहत भएको उल्लेख गर्दै  राष्ट्र निर्माणको बाँकी कामलाई अब पूरा गर्नुपर्ने स्पष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले मन्त्रीको रुपमा एक वर्षमा कसैले पनि उपेक्षा गर्न नसक्ने गरी असाधारण काम गरेको स्मरण गराए । उनले नेपालको पर्यटन, संस्कृति र नागरिक उड्ड्यनको क्षेत्रमा रविन्द्र अधिकारीले मन्त्रीको रुपमा निर्वाह गरेको भूमिका अविष्मरणीय रहिरहने बताए । प्रधानमन्त्री ओलीले पूर्व अर्थमन्त्री अधिकारीलाई नेपालको कम्युनिष्ट आन्दोलनको अभियन्ता र ६ दशक लामो नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धाको रुपमा चित्रण गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री अधिकारी र पूर्व मन्त्री अधिकारीको निधनबाट मुलुकलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै शोकलाई शक्तिमा बदलेर मुलुक निर्माणको अभियानमा जुटन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । अध्यक्ष दाहालले मन्त्री अधिकारी, पूर्व अर्थमन्त्री अधिकारी तथा हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुको अधुरा सपना पूरा गर्न आफू प्रतिवद्ध भएर लाग्ने संकल्प गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ५ : ४८ बजे

‘बाघ कराउने र बाख्रा हराउने सँगै’ भएपछि भण्डारीलाई तनाव

काठमाडौं – केमेडी नाइट विथ च्याम्पिनयका निर्देशक विशाल भण्डारीले सिंहदरबारस्थित

३७ अर्बको बजेट ल्याउँदै कोशी सरकार, सांसदलाई दुई करोड ५० लाखसम्म बाँड्ने तयारी

विराटनगर – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि

फुङ्लिङ– ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो

आरती सहकारीले बेच्न थाल्यो ‘इनर्जी ड्रिङ्क’, सदस्यहरूले उठाए पारदर्शितामा प्रश्न

काठमाडौं – मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित चर्चित सहकारी संस्था आरती

गर्भवती–सुत्केरीलाई नगरपालिकाको पोषण सामग्री

कञ्चनपुर– गर्भवती–सुत्केरीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शुक्लाफाँटा नगरपालिका–३ ले निरन्तर