हेलिकोप्टर दुर्घटनाका पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिने « Khabarhub

हेलिकोप्टर दुर्घटनाका पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिने


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाका परिवारलाई आवश्यक आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको साझा संकल्पमा इमान्दारिताका साथ लागेका मन्त्री अधिकारीसहित हेलिप्कटर दुर्घटनामा परी निधन भएका सातै जनाको परिवारको अवस्थाबारे अध्ययन भइरहेको उल्लेख गर्दै छिट्टै आवश्यक आर्थिक सहायता उपलब्ध गराउने बताएका हुन् ।

बिहीबार मन्त्री अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमम बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको सफल कार्यान्वयन, मुलुकको विकास र समृद्धिको अभियानमा इमान्दार मन्त्री अधिकारी, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालगायतको निधनबाट सिंगो मुलुक मर्माहत भएको उल्लेख गर्दै  राष्ट्र निर्माणको बाँकी कामलाई अब पूरा गर्नुपर्ने स्पष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले मन्त्रीको रुपमा एक वर्षमा कसैले पनि उपेक्षा गर्न नसक्ने गरी असाधारण काम गरेको स्मरण गराए । उनले नेपालको पर्यटन, संस्कृति र नागरिक उड्ड्यनको क्षेत्रमा रविन्द्र अधिकारीले मन्त्रीको रुपमा निर्वाह गरेको भूमिका अविष्मरणीय रहिरहने बताए । प्रधानमन्त्री ओलीले पूर्व अर्थमन्त्री अधिकारीलाई नेपालको कम्युनिष्ट आन्दोलनको अभियन्ता र ६ दशक लामो नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धाको रुपमा चित्रण गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री अधिकारी र पूर्व मन्त्री अधिकारीको निधनबाट मुलुकलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै शोकलाई शक्तिमा बदलेर मुलुक निर्माणको अभियानमा जुटन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । अध्यक्ष दाहालले मन्त्री अधिकारी, पूर्व अर्थमन्त्री अधिकारी तथा हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुको अधुरा सपना पूरा गर्न आफू प्रतिवद्ध भएर लाग्ने संकल्प गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ५ : ४८ बजे

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल