थारु संघ, संगठनहरुको शुक्रबार माइतीघरमा विरोध प्रदर्शन « Khabarhub

थारु संघ, संगठनहरुको शुक्रबार माइतीघरमा विरोध प्रदर्शन


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थारु संघ, संगठनहरुले सांसद रेशम चौंधरीसहित टिकापुर हत्यामा मुछिएका ११ जनालाई जन्दकैद गर्ने जिल्ला अदालत कैलालीको फैसलाको विरोधमा शुक्रबार काठमाडौंमा प्रर्दशन गर्ने भएका छन् ।

थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटलगायतका संघ, संगठनहरुले अदालतको सो फैसलाको विरोधमा शुक्रबार अपरान्ह ३ बजे काठमाडौंको माईतीघर मण्डला र थारु समुदायको बाहुल्य रहेका तराईका जिल्ला सदरमुकामहरुमा प्रर्दशन गर्ने भएको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मंच थरुहटकी अध्यक्ष रुक्मिणी चौधरीले आफूहरुमाथि राज्यले ठूलो अत्याचार र दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्न लागिएको जानकारी दिइन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले टिकापुर हत्याको घटनामा आफूहरुको संलग्नता नभएको भन्दाभन्दै पनि अहिले आएर निर्दोष सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको भन्दै आक्रोश पनि व्यक्त गरिन् ।

टिकापुर घटना व्यक्तिगत नभई राजनीतिक भएकाले त्यसको समाधान पनि राज्यले राजनीतिक रुपमा गर्नुपर्ने अध्यक्ष चौधरीको तर्क थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ६ : २५ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी