पाकिस्तानद्वारा १ सय ८२ धार्मिक विद्यालयमाथि नियन्त्रण « Khabarhub

पाकिस्तानद्वारा १ सय ८२ धार्मिक विद्यालयमाथि नियन्त्रण


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तान सरकारले पछिल्लो एक साता यता पाकिस्तानमा प्रतिबन्धित समूहहरुद्वारा सञ्चालित १ सय ८२ धार्मिक विद्यालयको सञ्चालन आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । पाकिस्तानमा सञ्चालित धार्मिक विद्यालयहरुलाई सरकारले आफ्नो मातहतमा ल्याएको जनाएको हो ।

बिहीबार पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले पत्रकार सम्मेलन गर्दै विद्यालयलाई आफ्नो नियन्त्रणमा लिनुका साथै अन्य १ सय २१ जनालाई पक्राउ गरिएको जनाएको छ । पाकिस्तानको पछिल्लो कदमलाई प्रतिबन्धित समूहविरुद्ध पाकिस्तानको सबैभन्दा तीब्र कारवाहीका रुपमा लिइएको छ । त्यसबाहेक पाकिस्तानले प्रतिबन्धित समूहहरुले सञ्चालन गरेका अस्पताल, एम्बुलेन्स, औषधीपसल तथा अन्य संस्था पनि आफ्नो मातहतमा ल्याएको जनाएको छ ।

भारत प्रशासित कश्मीरका पुलावामामा ४० जनाभन्दा धेरै अर्धसैनिकको ज्यान जानेगरी भएको आत्मघाती बम आक्रमणपछि पाकिस्तानलाई प्रतिबन्धित समूहविरुद्ध कारवाही गर्न चर्को दबाब रहेको बताइन्छ । यद्यपि पाकिस्तानले भने भारतको दबाबमा आएर प्रतिबन्धित समूहविरुद्ध पछिल्लो कारवाही गरिएको भन्ने टिप्पणीको खण्डन गरेको छ ।

पुलावामा आक्रमणको जिम्मा लिएको आतंकवादी समूह जैश–ए–मोहम्मदले पनि पाकिस्तानमा धार्मिक विद्यालयहरु सञ्चालन गर्दै आएको छ । त्यस्तै, कट्टर इस्लामिक मुलुक पाकिस्तानमा ठूलो सङ्ख्याका गरिब बालबालिकाहरु यस्ता प्रतिबन्धित समूहले सञ्चालन गर्ने विद्यालयमा अध्ययन गर्दै आएका छन् ।

यस्ता विद्यालयमा उग्र इस्लामिक शैलीको पाठ्यक्रम पढाइने गरेको बताइन्छ । प्रतिबन्धित समूहले सञ्चालन गरेका विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु पछि गएर विभिन्न उग्र इस्लामिक गतिविधिमा संलग्न समेत हुँदै आएका छन् ।

पाकिस्तानमा जमात उद दवालगायतका विभिन्न प्रतिबन्धित समूहहरुले मानवीय संस्थाका नामबाट विभिन्न अस्पताल, शिक्षालय तथा अन्य सेवाहरु चलाउँदै आएका छन् । जमात उद दवाको सम्बन्ध पाकिस्तानमा प्रतिबन्धित समूहको सूचीमा सूचिकृत लस्कर ए तैएबासँग रहेको बताइन्छ ।

यता जमात उद दवाले भने आफ्ना विद्यालय तथा अन्य विभिन्न मानवीय संस्थाविरुद्ध गरेको कारवाहीविरुद्ध अदालतमा मुद्धा दयार गर्ने जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ७ : ४८ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष