रेशम चौधरीको मुद्दा कानूनी भन्दा पनि राजनीतिक हो : उपेन्द्र यादव « Khabarhub

रेशम चौधरीको मुद्दा कानूनी भन्दा पनि राजनीतिक हो : उपेन्द्र यादव



काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद् रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले आजीवन कारावासको फैसला गर्नु दुर्भाग्यपूर्ण हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले सांसद चौधरीको मुद्दालाई राजनीतिक तवरबाटै समाधान खोजिनुपर्नेमा त्यसो हुन नसकेको भन्दै यसले जोखिम निम्त्याउन सक्ने बताए ।

खबरहबसँग विशेष कुराकानी गर्दै उपप्रधानमन्त्री यादवले भने, ‘रेशम चौधरीको मुद्दा कानूनीभन्दा पनि राजनीतिक हो, राजनीतिमा अनुहार, भूगोल, सामाजिक, सांस्कृतिक समुदाय हेरेर फरक–फरक निष्कर्षमा पुग्नु हुँदैन । तसर्थ समाधान पनि राजनीतिबाट नै हुनुपर्छ ।’

सरकारले यस मुद्दालाई राजनीतिक निर्णयबाट सम्बोधन गरिएको भए उपयुक्त हुने तर्क गर्दै उनले क्षेत्र तथा भूगोलका आधारमा पूर्वाग्रह राख्न नहुने तर्क गरे । आफ्नो पार्टीको शुरुदेखिको अडान नै राजनीतिक समस्याको हल राजनीतिबाटै गर्नुपर्ने रहेको स्पष्ट पारे ।

त्यस्तै, उनले नेपालको इतिहासमा कानूनी तवरबाट समाधान खोजिएका कुनै पनि राजनीतिक प्रश्नको समाधान हुन नसकेको समेत टिप्पणी गरे ।

अब संघीय समाजवादी फोरम पनि सरकारबाट बाहिरिन्छ कि ? भन्ने प्रश्नमा उपप्रधानमन्त्री यादवले अवस्थालाई थप परिपक्व हुन दिइनुपर्ने प्रतिक्रिया दिए । खबरहबसँग गरिएको विस्तृत अन्तरवार्ता शुक्रबार प्रकाशन गरिनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ९ : ०७ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक