चटपटेको भरमा हुरीपीडित–चामल र दालका बोरा छन्, पकाउने भाँडा छैन « Khabarhub

चटपटेको भरमा हुरीपीडित–चामल र दालका बोरा छन्, पकाउने भाँडा छैन


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रकाशित कान्तिपुर दैनिकले बारा पर्सा हावाहुरी पीडतको समस्यालाई मुख्य समाचार बनाएको छ । चटपटेको भरमा हुरीपिडित, कागमा समेत बर्डफ्लु शीर्षकको समाचार कान्तिपुरले पहिलो पृष्ठमा प्रकाशन गरेको छ । त्यस्तै भागबन्डा मिल्यो नाम टुंगिन बाँकी शीर्षको समाचार कान्तिपुरले छापेको छ ।

कान्तिपुरले मानव तस्करीको आरोप लागेपछि राजीनामा दिएकी अस्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पाले कूटनीतिक उच्च तहमा उब्जिएको गम्भीर मामलामा परराष्ट्र मन्त्रालयले एकपक्षीय र प्रयोजित मनसाय राखेर मौनता साधेको ओरोप लगाएको समाचार परराष्ट्रले बोल्नै दिएन शीर्षकमा प्रकाशन भएको छ ।

कान्तिपुरले मुख्य समाचार बनाएको चटपटेको भरमा हुरीपीडित शीर्षकको समाचारमा लेखिएको छ– फेटा गाउँपालिका–६ पुरैनियामा शनिबार अपराह्न २ बजे पुग्दा ४२ वर्षीया सल्या खातुन प्लास्टिकको जगमा भुजामा तेल र नुन मिसाएर बनाइएको चटपटे खाँदै थिइन् ।

गत आइतबारको हावाहुरीले घर ध्वस्त बनाएपछि सेनाले निर्माण गरेको टेन्टमा बस्दै आएकी उनले विहानको खान अबेरसम्म खान नपाएपछि भोक मार्न चटपटे खाएको बताइन् ।

भुजा र चिउरा चपाउँदा चपाउँदा मुख दुखिसक्यो उनले भनिन् । शुक्रवार साँझसम्म चलेको मेस शनिबारदेखि बन्द छ । टेन्टमा चामल र दालका बोरा छन् तर पाकाउने भाँडो र चुलो छैन । उनले पकाउने सामान हावाहुरी उडाएको बताइन् । राहतको रुपमा आएको भाँडामा प्लास्टिकका जग र बाल्टिन मात्र पाएको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ७ : १४ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय