कांग्रेस समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्छ : नेता पौडेल « Khabarhub

कांग्रेस समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्छ : नेता पौडेल


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेस राजनीतिक मुद्दा छाडेर समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने धारण राखेका छन् ।

चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको स्मृतिमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा नेता पौडेलले समयअनुसार कांग्रेस परिवर्तन हुनुपर्ने बताए ।

निर्वाचनका बेला टिकट दिँदा ध्यान पु¥याउन नसक्दा निर्वाचनको गणितमा कांग्रेस पराजित भएको भए पनि विचारमा भने अगाडि रहेको उनले बताए ।

कांग्रेले सरकारमा हुँदा राज्यको ढुकुटी रित्तो पारेको भनी अहिलेको सरकारले प्रचार गरेको उनको आरोप छ ।

कम्युनिष्ट सरकारले कांग्रेसलाई विभिन्न आरोप लगाएर गलत देखाउन खोजे पनि सफल नहुने उनको जिकिर थियो । उनले सत्तारूढ नेताहरुकै संरक्षणमा देशमा भ्रष्टाचार बढेको बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ८ : ३९ बजे

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।