इजिप्टमा अनौठो चिहान उत्खनन्, जनावरका मम्मी फेला « Khabarhub

इजिप्टमा अनौठो चिहान उत्खनन्, जनावरका मम्मी फेला


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजिप्टका प्राचिन चिहानमा मम्मीको रुपमा राखिएका जनावरको अवशेष भेटिएको छ ।

राजधानी कायरोबाट करिब ४ सय किलोमिटर दक्षिणमा रहेको सोहाग शहरमा रहेका प्राचिन चिहानमा ५० भन्दा बढी मम्मीका रुपमा राखिएका मुसाहरु र अन्य जनावरको अवशेष फेला परेको हो ।

त्यस चिहान भने प्राचिन मिश्रको सभ्यताका वरिष्ठ अधिकारी बताइने टुटुको रहेको बताइएको छ ।

हालै उत्खनन गरिएका चिहानमा रंगीबिरंगी र विशेष रुपमा सजाइएको अवस्थामा चिहानमा सुरक्षित रुपमा राखिएका जनावरका मम्मी फेला परेका हुन् । त्यहाँ थप दुई जनाको मम्मीको अवशेष समेत फेला पारिएको थियो ।

अवशेष भेटिएका मम्मीमध्ये एउटा मम्मीमा ३५ देखि ५० वर्ष उमेरको बीच रहेकी महिला र १२ वर्ष आसपास रहेका बालकको अवशेष फेला परेको हो ।

जनावरको मम्मी रहेको चिहानमा अन्तिम संस्कार र अन्य परम्पराको चित्र समेत कोरिएको इजिप्टका अधिकारीले जनाएका छन् ।

जनावर रहेका चिहान २ हजार वर्ष पुरानो रहेको प्राचिन मिश्रको इतिहासबारे अध्ययन गर्दै आएका विशेषज्ञलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ ।

गत अक्टोबरमा सोहाग शहरमा गैर कानूनी रुपमा तस्करहरुले उत्खनन गर्दै गरेको अवस्थामा फेला पारिएको चिहान पछिल्लो समय इजिप्टको पुरातत्वसम्बन्धी निकायले उत्खनन गरेको थियो ।

इजिप्टका पुरातत्वसम्बन्धी अधिकारीले पछिल्लो खोजीलाई त्यस क्षेत्रको हालसम्मकै सबैभन्दा महत्वपूर्ण र रोचक खोजीको संज्ञा दिएका छन् ।

इजिप्टको पुरातत्वसम्बन्धी निकायले पछिल्लो खोज पनि त्यस क्षेत्रमा पर्यटकको आगमनमा तीब्र रुपमा बृद्धि हुने विश्वास लिएको बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ८ : ४९ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी