सात ठूला फिल्म लिएर आउँदैछन् सलमान, थाहा पाउनुस् कुन-कुन हुन् « Khabarhub

सात ठूला फिल्म लिएर आउँदैछन् सलमान, थाहा पाउनुस् कुन-कुन हुन्


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सलमान खान बलिउडका सबैभन्दा व्यस्त मध्येका एक अभिनेता हुन् । उनी एक पछि अर्को फिल्म लिएर आउने गरेका छन् । सलमान पछिल्लो दिनमा दबंग ३ को सुटिङमा व्यस्त छन् । उनको फिल्म भारत बनेर तयार भएको छ । जो यसै बर्षको इदको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ । यसका अलावा उनका कयौं यस्ता ठूला फिल्महरु आउने भएका छन् । जसको सूची हामी तपाईहरुमाझ प्रस्तुत गर्दै छौं ।

भारत

यो ड्रामा फिल्म हो । यसमा सलमान खान आफ्नो अलग्गै भूमिकामा देखा पर्ने छन् । फिल्मको निर्देशन अली अव्वास जफरले गरेका छन् । फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारी गरिएको छ । यसमा सलमानको अलावा कटरीना कैफ, दिशा पटानी, सुनील ग्रोबर, जेके श्राफ जस्ता हस्ती अभिनेताहरुको भूमिका रहेको छ ।

दबंग ३

हिट फ्रेन्चाइजी दबंगको तेस्रो पार्टको शुटिङ मध्य प्रदेशको महेश्वरमा शुरु भएको छ । फिल्मको निर्देशन प्रभु देवा गरिरहेका छन् । फिल्ममा सलमानसँग सोनाक्षी सिन्हा देखिनेछिन् । महेश्वरमा फिल्मको टाइटल सुट गरिएको छ । जसको केही तस्वीर समाजिक सञ्जालहरुमा भाइरल भएको छ ।

इंशाअल्लाह

सलमानले हालसालै घोषणा गरेका थिए की उनी सञ्जय लीला भन्सालीको फिल्म इंशाअल्लाहमा काम गर्नेछन् । यस बीचमा सलमानले बताएका थिए कि उनी २० वर्ष पछि भन्सालीसँग काम गर्न गइरहेका छन् । फिल्ममा उनीसँग आलिया भट्टा देखिने चर्चा चलेको भारतीय अनलाईहरुले जनाएका छन् । समाचारहरुका अनुसार यो प्रेम कथामा आधारित फिल्म हुनेछ ।

वेटरन

सलमान खानले एक अन्तर्वार्ताका क्रममा बताएका थिएकी उनी वेटरन फिल्मको हिन्दी रिमेकमा काम गर्नेछन् । यो एक दक्षिण कोरियन फिल्म हो । अतुल अग्निहोत्रीले फिल्मको राइट्स किनेका छन् । उनका अनुसार यो निकै राम्रो फिल्महो । भन्सालीको फिल्म पछि सलमानले यो फिल्ममा काम गर्न थाल्ने छन् ।

टाइगर जिंदा हे

एक था टाइगर तथा टाइगर जिन्दा है यो दुबै फिल्म बक्स अफिसमा हिट सावित भएका थिए । साउदी फिल्म फेस्टिवलमा सलमानले कटरीना उनको फेवरेट को स्टार भएको बताएका थिए र उनले भारत फिल्मपछि तेस्रो पार्टमा सँगै काम गर्ने जनाएका थिए ।

सूरज बडजात्याको फिल्म

प्रेम रतन धन पायो फिल्मको सफतापछि सलमानले सुरज बडजाल्याको एक अर्को फिल्ममा हस्ताक्षर गरेका थिए । एक अन्तर्वार्ताका क्रममा सुरजले बताएका थिए यो विषय । यो एक फेमेली ड्रामा भएको र यसमा एक्सनको पार्ट नभएको उनले बताएका थिए ।

किक–२

सलमान खानको किक २०१४ मा रिलिज भएको फिल्म हो । यसको सिक्वेल बनाउने घोषणा भएको थियो । यसको आधिकारिक घोषणा स्वयं साजिद नाडियाडले गत वर्ष मार्चमा गरेका थिए । ज्याक्लिन फर्नाडीजले आईएएनएस न्यूज एजेन्सीलाई दिएको जानकारी अनुसार किकको दोस्रो भाग बन्ने छ र त्यसमा उनी हुनेछिन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ९ : ४९ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले