सुदूरपश्चिममा बढ्यो नयाँ वर्ष अर्थात् विसु पर्वको रौनक « Khabarhub

सुदूरपश्चिममा बढ्यो नयाँ वर्ष अर्थात् विसु पर्वको रौनक


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– रोजगारीका लागि भारत तथा देशका विभिन्न ठाउँमा गएका यहाँका स्थानीयवासीसहित समग्र सुदूरपश्चिम प्रदेशका बासिन्दा अहिले नयाँ वर्ष अर्थात् विसु पर्व मनाउन घर फर्किन थालेका छन् । परदेशिएकाहरु विसु पर्व मनाउन घर फर्किन थालेपछि अहिले डोटीलगायतका पहाडी जिल्लामा चहल पहल बढ्न थालेको छ ।

बर्खे तथा हिउँदे बाली लगाएर खाली समयमा मजदुरी गर्न भारत गएका यहाँका पहाडी जिल्लाका स्थानीयवासी नयाँवर्ष (विसु) मनाउन घर फर्किन थालेपछि सुदूरपश्चिमको व्यापार व्यवसाय पनि केही दिनयता देखि निकै फस्टाउन थालेको दीपायल पिपल्लाका होटेल व्यवसायी हर्कबहादुर बमले बताए । उनले भने, “रोजगारीका लागि जिल्लाबाहिर र छिमेकी मुलुक गएकाहरु गाउँमा आउन थालेपछि उनीहरुले गर्ने किनमेलका कारण अहिले आयस्रोत पनि थप बढेको छ ।”

कामका लागि परदेशिएकाहरु घर फर्किन थालेपछि अहिले डोटीका गाउँमा पनि निकै चहल पहल बढेको जोरायल गाउँपालिका स्थिति निरौली गाउँका बासिन्दा चित्रराज भट्टले बताए । उनले भने, “केही समय पहिला गाउँमा सुनसान थियो, परदेश गएकाहरु अहिले सबै घर फर्किन थालेपछि गाउँघरमा निकै रौनक छाएको छ ।”

यति मात्र नभई भारतमा काम गरी फर्किएकाले सीमा क्षेत्रमा ठगिने गरेको गुनासो गरेका छन् । नेपालको पश्चिम सीमानामा रहेको कञ्चनपुरको बनबासा पुलपारि रहेका भारतीय प्रहरी तथा भन्सारका कर्मचारीले प्रत्येक नेपालीबाट विभिन्न बहाना बनाएर ठग्ने गरेको भारतबाट फर्किनेको गुनासो छ ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरज केसीले सिमानाकामा लुटिन नदिन व्यापक रुपमा प्रहरी निगरानी बढाइएकाले लुटिएका घटना नआउने बताए । “नयाँ वर्ष मनाउन घर फर्किन थालेकाहरु लुटिन थालेको खबर पाएपछि अहिले सीमा क्षेत्रमा थप प्रहरी सङ्ख्या बढाएको र आवश्यक सङ्ख्यामा सादा पोशाकका प्रहरी खटाइएको छ”, उनले भने, “कहीँ कतै त्यस्ता घटना घटे तत्कालै प्रहरी सक्रिय हुनेछ ।”

भारतीय प्रहरी तथा भन्सारले घर फर्किने नेपालीलाई दुःख दिने गरेको गुनासो आउने भएकाले त्यसबारे भारतीय पक्षका प्रहरी अधिकारीसँग कुरा गरेर केही सुधार भएको कञ्चनपुरका निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । उनले भन्नुभयो, “भारतीय पक्षबाट दिने गरेको दुःख अन्त गर्न हामीले भारतीय अधिकारीसँग कुरा गरेका छौँ, उनीहरु त्यो बारेमा सकारात्मक देखिएका छन् ।”

सुदूरपश्चिममा हरेक वर्ष वैशाख १ गतेलाई विसु पर्वका रुपमा धुमधामका साथ मनाउने गरिन्छ ।

विसु पर्व मनाउन घरबाट बाहिर रहेका दाजुभाइ तथा दिदीबहिनी फर्किने र रमाइलोका साथ नयाँवर्ष अर्थात् विसु पर्व मनाउने चलन छ । सुदूरपश्चिममा नयाँ वर्ष अर्थात वैशाख १ गते देवरले भाउजू, भाउजूले देवर तथा सालीले भेनालाई सिस्नु लगाउने चलन पनि रहेको छ ।

–विमलबहादुर विष्ट/रासस

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  २ : १६ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट