रुवाण्डा नरसंहारको २५ वर्ष : सम्झनामा श्रद्धाञ्जली सभा « Khabarhub

रुवाण्डा नरसंहारको २५ वर्ष : सम्झनामा श्रद्धाञ्जली सभा


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुवाण्डा– रुवाण्डामा २५ वर्षअघि तुत्सी र उदार हुतु जातिविरुद्ध भएको नरसंहारमा मारिएकाहरुको सम्झनामा  विशाल श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।

आइतबार राजधानी किगालीनजिक रहेको गिसोजी स्मारकमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।  सभामा राष्ट्रपति पउल कागामेसहित विश्वभरबाट सहभागी नेताहरुले श्रद्धाञ्जली दिए ।

श्रद्धाञ्जली सभाका लागि क्यानाडाका गर्भनर जेनेरल जुलिए पायट, युरोपेली आयोगका अध्यक्ष जाँ क्याउड युङ्कर  लगायत रुवाण्डा पुगेका हुन् ।

त्यस्तै, कार्यक्रमका क्रममा  २ हजारभन्दा धेरै मानिसहरु किगालीमा रहेको संसद् भवनबाट रंगशालासम्म र्‍यालीमा सहभागि  भएका थिए ।

राजधानी किगालीनजिक रहेको गिसोजी स्मारक

२५ वर्षअघि सन् १९९४ अप्रिल ६ मा रुवाण्डाका तत्कालीन राष्ट्रपति जुभेनल हब्यारीमाना तथा बुरुण्डीका राष्ट्रपति साइप्रियल नट्र्यारिमा चढेको विमान राजधानी किगाली नजिकको आकाशमा दुर्घटनाग्रस्त भएपछि रुवाण्डामा उग्रवादी हुतुहरुले सत्ता आफ्नो हातमा लिएर तुत्सी जातिका मानिसहरु र उदारवादी हुतुविरुद्ध आम नरसंहार शुरु गरेका थिए ।

करिब सय दिनसम्म चलेको नरसंहारका क्रममा ८ लाख भन्दा धेरैका मृत्यु भएको बताइन्छ । नरसंहारले रुवाण्डामा अल्पसङ्ख्यकका रुपमा रहेका तुत्सी जातिका ७० प्रतिशत भन्दा धेरै जनसङ्ख्याको सफाया भएको थियो ।

सन् १९९४ को जुलाई महिनामा तुत्सी जातिका पउल कागामे नेतृत्वको रुवाण्डान पेट्रियटिक फ्रन्ट आरपीएफ नामक विद्रोही समूहले सत्ता कब्जा गरेपछि अन्ततः नरसंहार रोकिएको थियो ।

नरसंहारपछि हाल रुवाण्डामा जातीय विषयमा छलफल गर्न निरुत्साहित गरिँदै आएको छ ।

नरसंहारमा मारिएकाहरुको अवशेष

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ५ : ३१ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब