एचआईभी संक्रमित गोपाल श्रेष्ठ सगरमाथा आरोहण गर्दै, भन्छन् – हामी कोहीभन्दा कम छैनौं « Khabarhub

एचआईभी संक्रमित गोपाल श्रेष्ठ सगरमाथा आरोहण गर्दै, भन्छन् – हामी कोहीभन्दा कम छैनौं



काठमाडौँ – विगत २५ वर्षदेखि एचआईभी संक्रमित भएका पोखरा –७ का गोपाल श्रेष्ठ यतिबेला सगरमाथा आरोहणको  तरखरमा छन् । उनी यही अप्रिल १२ मा सगरमाथाको आरोहण गर्दैछन् ।

सगरमाथा आरोहण आफैमा जोखिमपूर्ण कार्य हो । संसारभरका एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै  उनी सगरमाथा आरोहण गर्न लागेका हुन् ।

यही जोखिमलाई सफलतामा बदल्न श्रेष्ठ सगरमाथा  आरोहण गर्दैछन् । उनी उमेरले ५६ वर्ष पुगिसकेका छन् ।

आफू जवान हुँदा पूर्वराष्ट्रिय खेलाडी समेत रहेका श्रेष्ठ साथीभाइको सङ्गत र आफैले आफैलाई नियन्त्रण गर्न नसक्दा दुर्व्यसनीमा फसे । दुर्व्यसनीकै कारण उनलाई एचआईभी संक्रमित बने । उनलाई कतिखेर एचआईभी लाग्यो भन्नेसमेत पत्तो भएन । अहिले उनलाई सम्झँदा पछुतो लाग्छ ।

जब उनको शरीरमा एचआईभी भाइरस लागेको कुरा डाक्टरले सुनाए, उनी छाँगाबाट खसेजस्तै भए । एचआईभीको समाचार मात्र उनका लागि भयानक थिएन । डाक्टरले दिएको अर्को सन्देशले पनि उनलाई ठूलो झड्का लाग्यो ।

डाक्टरले भनेका थिए, ‘अब तिमी यो धर्तीमा दुई महिनाको पाहुना हौ ।’

डाक्टरले मृत्युको मिति तोकिरहेका थिए । यता गोपालले भने जीवनको मूल्य बल्ल बुझ्न थालेका थिए । उनलाई लामो समयसम्म आफूले पाएको समयको सदुपयोग गर्न नपाएकोमा पछुतो पनि छ ।

‘त्यो बेला एचआईभी/एड्स भएका व्यक्तिलाई समाजले निकै हेयको दृष्टिले हेर्थ्यो। त्यो सम्झना ताजै छ ।’ श्रेष्ठले खबरहबसँग कुरा गर्दै भन्छन्, ‘अहिले पनि अवस्था उस्तै छ तर पहिलेभन्दा केही परिवर्तन छ समाज ।’

अहिले भने उनी आफूले पाएको समयलाई पूर्ण सदुपयोग गर्ने सोचमा छन् । उनले संसारलाई देखाउनु छ, ‘हामी पनि कोहीभन्दा कम छैनौँ ।’

समाजले हेप्ने भएकाले पनि उनी यतिबेला हामी पनि कम छैनौँ है भन्ने देखाउन सगरमाथा आरोहण गर्न लागेको  दाबी गर्छन्  । ‘हामीले अवसर पाएमा सामान्य मानिसजस्तै काम गर्न सक्छौँ भन्ने देखाउनु छ, समाजको सोचलाई परिवर्तन गर्नु छ ।’, गोपाल सुनाउँछन् ।

श्रेष्ठलाई सगरमाथा आरोहणका लागि दोस्रो चरणको ‘स्टेप अप क्याम्पेन’ अभियान सञ्चालन भएको छ । यो अभियानको उद्देश्य भनेको श्रेष्ठलाई सगरमाथा चढ्नको लागि आर्थिक सहयोग गर्नु हो । अहिलेसम्म सगरमाथा आरोहणका लागि ४३ लाख ५० हजार रुपैयाँ मध्ये ३० लाख संकलन भएको गोपाल बताउँछन् ।

आरोहणका लागि अझै केही रकम जम्मा गर्नुपर्ने उनी सुनाउँछन् ।

सगरमाथा चढ्ने पूर्वतयारीका लागि उनले केही हिमालको सफल आरोहण गरिसकेका छन् । उनले २०१३ मा थोरोङ्ल्ला पास (५,४१७ मिटर), आइल्याण्ड पिक (६,१८९ मिटर) र सन् २०१६ मा भर्जिन पिक (६,६४६ मिटर) चढेर कीर्तिमानी भइसकेका छन् । यो उनको सगरमाथा आरोहणको दोस्रो प्रयास हो । यसअघि सन् २०१५ मा आरोहण प्रयाससमेत गरेका थिए ।

त्यतिबेला नेपालमा आएको विनाशकारी भूकम्पका कारण सगरमाथामा हिम पहिरो जाँदा उनको यात्रा बीचमै रोकियो । यसपटक उनी सगरमाथाको सफल आरोही फूर्बा तेञ्जिङ शेर्पाको नेतृत्वमा निजी शेर्पा दाकिपा शेर्पाका साथ सगरमाथा आरोहणको तयारीमा छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ६ : ०५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग