अर्को जनवादी क्रान्ति गर्नुको विकल्प छैनः वैद्य « Khabarhub

अर्को जनवादी क्रान्ति गर्नुको विकल्प छैनः वैद्य


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर गम्भिर भूल गरेको दोहोर्‍याएका छन् ।

महासचिव बैद्यले चन्द नेतृत्वको कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहालहरु कम्युनिष्ट हुनै नसक्ने तर्क पनि गरे ।

आइतबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा उद्घाटन गर्दै उनले वर्तमान सरकारले देशी–विदेशी प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको आरोप पनि लगाए ।

कम्युनिष्टको नाममा प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको वर्तमान सरकारविरुद्ध अर्को जनवादी क्रान्ति गर्नुको विकल्प नरहेको महासचिव बैद्यले बताए ।

महासचिव बैद्यले वर्तमान सरकारले शोसित पीडित जनताको प्रतिनिधित्व गर्नै नसक्ने दावी पनि गरे ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ६ : ४३ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज