केएनपी महिला भलिबललाई मुक्तिनाथ बैंकको साथ « Khabarhub

केएनपी महिला भलिबललाई मुक्तिनाथ बैंकको साथ


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुत्तिनाथ विकास बैंकले प्रायोजन गरेको छ ।

आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमान पोखरेल र प्रतिष्ठानकी संरक्षक आमा गमली खड्काबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।

मुत्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउँदा खुशी लागेको बताए ।
यस्तै, मुख्य प्रायोजनका रुपमा प्रतियोगितासँग जोडिएको मुक्तिनाथ बैंकले प्रथम पुरस्कार राशी सहयोग गर्नेछ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख प्राप्त गर्नेछ ।

यस्तै, बैंङ्कले आवाश्यक होेडिङ्ग बोड,तुल–ब्यानरकोे ब्यवस्थापन समेत मिलाउने सम्झौतामा उल्लेख छ ।

शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले नेपाली खेलकुदको बिकासमा कर्पोरेट सेक्टर महत्वपूर्ण भूमिका रहने बताएका थिए ।

राष्ट्रिय खेलकुद परिषद्को बिशेष सहयोग तथा नेपाल भलिबल संघको प्राबिधिक सहयोगमो प्रतियोगितामा नेपालका चर्चित ६ टिमको सहभागिता रहने छ ।

लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताका लागि साबिक बिजेता एपीएफ, उपबिजेता होङगाजी न्यु डायमण्ड, पुलिस, पश्चिमाञ्चल, आर्मी र जाउलाखेल भलिबल प्रशिक्षणको टिमले प्रतिस्पर्धा गर्नेछन् ।

खेल जाउलाखखेल भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्टमा बैशाख १४ देखि १७ सम्म संचालन हुनेछ । प्रतियोगिताका बिजेताले २ लाख, उपबिजेताले १ लाख र तेश्रो हुने टोलीले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् ।

बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ७ हजार नगद प्राप्त गर्ने छन् । पाँचौ संस्करणमा प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचले नगद ५ हजार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ७ : ०७ बजे

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने