अन्तरिम राष्ट्रपति चयनका लागि अल्जेरियामा मंगलबार मतदान « Khabarhub

अन्तरिम राष्ट्रपति चयनका लागि अल्जेरियामा मंगलबार मतदान


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जेरिया– राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले राजीनामा दिएपछि अल्जेरियाको संसद्मा नयाँ अन्तरिम राष्ट्रपति चयनका लागि मंगलबार मतदान हुने भएको छ ।

अल्जेरियाको संविधानअनुसार नयाँ अन्तरिम राष्ट्रपति चयन गर्न दुबै सदनबाट राष्ट्रपतिको पद खाली रहेको निश्चित गरी माथिल्लो सदनका अध्यक्षलाई स्वीकृत हुनुपर्ने प्रावधान छ ।

यसअनुसार माथिल्लो सदनका अध्यक्ष अब्देलकादेर बेनसलाह अन्तरिम राष्ट्रपतिका उम्मेद्वार छन् । अन्तरिम राष्ट्रपतिले नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुनेबेलासम्म बढीमा ३ महिना पदमा रहन पाउने व्यवस्था छ ।

यद्यपि उनी तथा वर्तमान प्रधानमन्त्री नूरद्दिन बदोय र मुलुकको संवैधानिक परिषद्का अध्यक्ष तयब बेलाइजलाई राष्ट्रपति बोटेफ्लिाको नजिक रहँदै आएकाले उनीहरुमाथि पनि पदबाट राजीनामा दिनुपर्ने दबाब रहेको बताइन्छ ।

सन् १९९९ यता राष्ट्रपतिको पदमा रहेका बोटेफ्लिकाले यसै महिना हुने भनिएको राष्ट्रपीय निर्वाचनमा पनि पाचौँ कार्यकालका लागि उम्मेद्वारी दिएपछि उनीविरुद्ध प्रदर्शन हुँदै आएको थियो । प्रदर्शनकारीको दबाबपछि उनले एक साताअघि राजीनामा दिएका थिए ।

यद्यपि प्रदर्शनकारीहरुको माग बोटेफ्लिकामात्र नभई बोटेफ्लिका नजिक रहँदै आएका सबै राजनीतिज्ञले राजनीति छाड्नुपर्ने रहेकाले नयाँ अन्तरिम राष्ट्रपति बेनसलाह पनि दबाबमा रहनसक्ने बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १० : ३१ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल