स्मार्ट सिटी सोच्ने महानगर देख्दैन शौचालयको समस्या « Khabarhub

स्मार्ट सिटी सोच्ने महानगर देख्दैन शौचालयको समस्या



काठमाडौं- विराटनगर स्थायी घर भएकी ३७ वर्षीया अस्मिता गुप्ता विगत पाँच वर्षदेखी टेम्पु चलाइरहेकी छिन् । उनी दिनमा आठ घण्टा टेम्पु चलाउनमै व्यस्त हुन्छिन् ।

शंखमूल–जोरपाटी सडकखण्डमा टेम्पु चलाउने उनी पानी पिउन भने निकै हिच्किचाउने गर्छिन् । उनी भन्छिन्, ‘पानी पिएर के गर्नु शौचलयको अभाव छ ।’ उनी शौचालय जानका लागि दैनिक तीन पटक घरमै पुग्छिन् । अस्मिता त केवल प्रतिनिधि पात्र मात्र हुन् । यो आम चालकको समस्या हो ।

काठमाडौंका सडकमा सार्वजनिक सवारी साधन चलाउने अधिकांश चालकको व्यथा पनि यही हो । पर्याप्त सार्वजनिक सौचालय छैनन् र भएका पनि दुर्गन्धित र अव्यवस्थित । अँझ महिला चालकको समस्या कुरा गरी साध्य छैन । शौचालय अभावकै कारण अधिकांश चालक पर्याप्त पानी नै पिउँदैनन् ।

सार्वजनिक शौचालयको अभावमा शौच गर्न नपाउनु सवारी चालकको मात्र समस्या होइन । काठमाडौं महानगरपालिकाले आवश्यक स्थानमा शौचालय निर्माण नगर्दा र भएका शौचालयको सरसफाई र व्यवस्थापनमा ध्यान पु¥याउन नसक्दा सर्वसाधरण समेत मारमा पर्ने गरेका छन् ।
शौचालयको सफाईका लागि कामदार खटाइए पनि शौचालय भने दुर्गन्धित नै छन् ।

सार्वजनिक शौचलयको सफाईमा व्यवस्थापन नहुँदा नाक मुख थुन्दैँ शौच गर्नुपर्ने बाध्यता छ । त्यतिमात्र नभएर शौचलयमा कतै ढोकाको चुकुल छैन, पानीको व्यवस्था त अँझ परको कुरा । सवैको समस्या एउटै छ, भन्छन्– ‘शौच गरेवापत शुल्क तिर्नुपर्छ तर व्यवस्थापन भने शून्य ।’

गौशलास्थित एक सार्वजनिक शौचालयमा दैनिक ३ सयको हाराहारीमा मानिसहरु जान्छन्, उनीहरु सवैको गुनासो एउटै हुन्छ– सफाइ भएन । तर, ठेक्कामा सार्वजनिक सौचालय चलाउनेहरुको ध्यान भने पैसा कुम्ल्याउनमै केन्द्रित हुन्छ ।

अटो ट्वाइलेट ल्याउँदै महानगरपालिका

राजधानीभित्र सार्वजनिक शौचालयको दूराव्यस्थालाई मध्यनजर गर्दै काठमाडौं महानगरपलिकाले अटो (अटोमेटिक) ट्वाइलेट ल्याउने भएको छ । हेर्दा आकर्षक देखिने उक्त ट्वाइलेटमा ‘पेबलको कार्ड’ को प्रयोग गरेपछि ढोका खुल्ने गर्छ ।

सार्वजनिक शौचलयको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएपछि अटो ट्वाइलेट ल्याउने योजना बनाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार सो ट्वाइलेट अटोमेटिक भएकाले हात थापेपछि आफैँ पानी आउने र ट्वाइलेट गरेपछि आफैं फ्लस हुन्छ ।

हेर्दा सुन्दर र आर्कषक देखिने रोटोमोल्डिङ प्रविधिको यस्तो शौचालयहरु अन्तराष्ट्रिय मापदण्ड अनुसार नै बनेका हुन्छन् । विदेशी मुलुकमा पनि यसको प्रयोग भइरहेको डंगोलले बताए । उनले अटो ट्वाइलेटका लागि सम्भाव्यता अध्ययनका लागि महानगर खटिरहेको बताए ।
महानगरको टोलीले मानिसको भीडभाड हुने र अत्याधिक चाप हुने क्षेत्रलाई लक्षित गरी अटो ट्वाइलेट राख्ने योजना बुनेको छ । सोही बमोजिम केही दिन अघि महानगरको टोली उपत्यकाका रत्नपार्क, भोटाहिटी, पुरानो बसपार्क लगायतका ठाउँमा पुगेको थियो ।

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै ल्याउन लागिएको उक्त ट्वाइलेट उपत्यकाका ४५ स्थानमा राखिने छ । राजधानीलाई ‘स्मार्ट सिटि’ बनाउने योजनासहित अघि बढेको काठमाडौं महानगरले सार्वजनिक क्षेत्रको फोहर व्यवस्थापनका लागि ‘स्मार्ट डस्बीन’ल्याइसकेको छ भने ‘स्मार्ट जेब्रा क्रसिङ’ ल्याउने योजना अघि सारेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १२ : २० बजे

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ : अध्यक्ष राई

बागमती– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित

विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत

एजेन्सी– तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण