स्मार्ट सिटी सोच्ने महानगर देख्दैन शौचालयको समस्या | Khabarhub Khabarhub

स्मार्ट सिटी सोच्ने महानगर देख्दैन शौचालयको समस्या



काठमाडौं- विराटनगर स्थायी घर भएकी ३७ वर्षीया अस्मिता गुप्ता विगत पाँच वर्षदेखी टेम्पु चलाइरहेकी छिन् । उनी दिनमा आठ घण्टा टेम्पु चलाउनमै व्यस्त हुन्छिन् ।

शंखमूल–जोरपाटी सडकखण्डमा टेम्पु चलाउने उनी पानी पिउन भने निकै हिच्किचाउने गर्छिन् । उनी भन्छिन्, ‘पानी पिएर के गर्नु शौचलयको अभाव छ ।’ उनी शौचालय जानका लागि दैनिक तीन पटक घरमै पुग्छिन् । अस्मिता त केवल प्रतिनिधि पात्र मात्र हुन् । यो आम चालकको समस्या हो ।

काठमाडौंका सडकमा सार्वजनिक सवारी साधन चलाउने अधिकांश चालकको व्यथा पनि यही हो । पर्याप्त सार्वजनिक सौचालय छैनन् र भएका पनि दुर्गन्धित र अव्यवस्थित । अँझ महिला चालकको समस्या कुरा गरी साध्य छैन । शौचालय अभावकै कारण अधिकांश चालक पर्याप्त पानी नै पिउँदैनन् ।

सार्वजनिक शौचालयको अभावमा शौच गर्न नपाउनु सवारी चालकको मात्र समस्या होइन । काठमाडौं महानगरपालिकाले आवश्यक स्थानमा शौचालय निर्माण नगर्दा र भएका शौचालयको सरसफाई र व्यवस्थापनमा ध्यान पु¥याउन नसक्दा सर्वसाधरण समेत मारमा पर्ने गरेका छन् ।
शौचालयको सफाईका लागि कामदार खटाइए पनि शौचालय भने दुर्गन्धित नै छन् ।

सार्वजनिक शौचलयको सफाईमा व्यवस्थापन नहुँदा नाक मुख थुन्दैँ शौच गर्नुपर्ने बाध्यता छ । त्यतिमात्र नभएर शौचलयमा कतै ढोकाको चुकुल छैन, पानीको व्यवस्था त अँझ परको कुरा । सवैको समस्या एउटै छ, भन्छन्– ‘शौच गरेवापत शुल्क तिर्नुपर्छ तर व्यवस्थापन भने शून्य ।’

गौशलास्थित एक सार्वजनिक शौचालयमा दैनिक ३ सयको हाराहारीमा मानिसहरु जान्छन्, उनीहरु सवैको गुनासो एउटै हुन्छ– सफाइ भएन । तर, ठेक्कामा सार्वजनिक सौचालय चलाउनेहरुको ध्यान भने पैसा कुम्ल्याउनमै केन्द्रित हुन्छ ।

अटो ट्वाइलेट ल्याउँदै महानगरपालिका

राजधानीभित्र सार्वजनिक शौचालयको दूराव्यस्थालाई मध्यनजर गर्दै काठमाडौं महानगरपलिकाले अटो (अटोमेटिक) ट्वाइलेट ल्याउने भएको छ । हेर्दा आकर्षक देखिने उक्त ट्वाइलेटमा ‘पेबलको कार्ड’ को प्रयोग गरेपछि ढोका खुल्ने गर्छ ।

सार्वजनिक शौचलयको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएपछि अटो ट्वाइलेट ल्याउने योजना बनाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार सो ट्वाइलेट अटोमेटिक भएकाले हात थापेपछि आफैँ पानी आउने र ट्वाइलेट गरेपछि आफैं फ्लस हुन्छ ।

हेर्दा सुन्दर र आर्कषक देखिने रोटोमोल्डिङ प्रविधिको यस्तो शौचालयहरु अन्तराष्ट्रिय मापदण्ड अनुसार नै बनेका हुन्छन् । विदेशी मुलुकमा पनि यसको प्रयोग भइरहेको डंगोलले बताए । उनले अटो ट्वाइलेटका लागि सम्भाव्यता अध्ययनका लागि महानगर खटिरहेको बताए ।
महानगरको टोलीले मानिसको भीडभाड हुने र अत्याधिक चाप हुने क्षेत्रलाई लक्षित गरी अटो ट्वाइलेट राख्ने योजना बुनेको छ । सोही बमोजिम केही दिन अघि महानगरको टोली उपत्यकाका रत्नपार्क, भोटाहिटी, पुरानो बसपार्क लगायतका ठाउँमा पुगेको थियो ।

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै ल्याउन लागिएको उक्त ट्वाइलेट उपत्यकाका ४५ स्थानमा राखिने छ । राजधानीलाई ‘स्मार्ट सिटि’ बनाउने योजनासहित अघि बढेको काठमाडौं महानगरले सार्वजनिक क्षेत्रको फोहर व्यवस्थापनका लागि ‘स्मार्ट डस्बीन’ल्याइसकेको छ भने ‘स्मार्ट जेब्रा क्रसिङ’ ल्याउने योजना अघि सारेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १२ : २० बजे

माधव नेपालको प्रतिक्रिया- केपी ओली सुरुदेखि नै मविरूद्ध थिए, अहिले मलाई सक्न लागे

काठमाडौं- काभ्रेपलाञ्चोकस्थित पतञ्जलिको जग्गा बिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे अख्तियारको पत्र संसद् सचिवालयमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेस्थित पतञ्जलिका लागि किनिएको जग्गा

प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ : महासचिव पोखरेल

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा

राजेन्द्र पाण्डे भन्छन्- माधव नेपालमाथिको भ्रष्टाचार मुद्दा राजनीतिक पूर्वाग्रह

काठमाडौं– नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले अध्यक्ष माधवकुमार

एकल अंकले घट्यो नेप्से, हाइड्रो र लगानी समूहमा हरियाली

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.९९ अंकले घटेको छ