पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्छ : डा भट्टराई « Khabarhub

पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्छ : डा भट्टराई


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा पार्टी जिल्ला समितिले आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयन, ३ नं प्रदेशको नामकरण र राजधानी’ विषयक अन्तरक्रियामा उनले पार्टीको बनोटलाई लोकतान्त्रिक नगरेसम्म सुधार नआउने बताए । उनले भने, “त्यो अवस्थासम्म पुग्नुभन्दा अगाडिको सङ्घीय व्यवस्था पनि कुनै वेला अन्त्य गरिनुपर्ने अवस्था आउने भएकाले अहिलेको लागि आन्तरिक सङ्क्रमणकालमा हामीलाई सङ्घीयता चाहिएको छ ।”

संयोजक डा भट्टराईले अहिले बनाएको सङ्घीयताको मोडल खिचडी खालको भएको र त्यसमा कुनै खालको आधार नै नबनाई अगाडि सारेको बताए । उनले अरू प्रदेशहरुले जातीय, सांस्कृतिक पहिचान बिनाको प्रदेशको नामकरण गरेको उल्लेख गर्दै ३ नं प्रदेशको नामकरण जातीय बाहुल्यता भएको तामाङ र नेवारको पहिचान रहने गरी नामकरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव दिनेश लामाले तीन वटा सरकारले पाउने अधिकार क्षेत्रलाई उचित ढङ्गले उपयोग गर्दै त्यसको कार्यान्वयनको अभ्यासलाई तलसम्म छिट्टै लानुपर्ने बताए । मुलुक सङ्घीयताबाट पछि नहट्ने भएकाले त्यो अधिकार क्षेत्रमा गरिरहेको अभ्यासलाई थप विकास गर्ने क्रममा भएको कमीकमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

माघ १५ गतेदेखि पाँचथरको चिवाभञ्जाङबाट फागुन १५ मा बैतडीको झुलाघाटमा एक हजार ८७९ किलोमिटर यात्रा गर्दै ती स्थानहरुमा स्थानीय तहका पदाधिकारीहरुसँग संवाद गर्ने डा भट्टराईको कार्यक्रम छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ५ : ४५ बजे

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई