सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू) « Khabarhub

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको सिद्धपोखरी (तःपुखु) को मर्मत कार्यलाई तीव्रता दिएको छ । नगरपालिकाले ठेक्का प्रणालीलाई निरुत्साहित गर्दै उपभोक्ता समितिमार्फत स्थानीयको प्रत्यक्ष सहभागितामा मर्मत कार्य सञ्चालन गरिरहेको जनाएको छ।

भक्तपुर नगरपालिकाका अनुसार सिद्धपोखरीको संरक्षण तथा पुनर्निर्माणका लागि कृष्णबहादुर दुगुजुको अध्यक्षतामा ‘सिद्धपोखरी पेटी पुनर्निर्माण उपभोक्ता समिति’ गठन गरिएको छ। समितिले पोखरीको पानी नजिकै रहेका भाजु पुखु र नःपुखुमा पाइपमार्फत स्थानान्तरण गरी २०८२ चैत २० गतेदेखि मर्मत कार्य सुरु गरेको हो। आगामी भदौको दोस्रो सातासम्ममा मर्मत कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

नगरपालिकाले मर्मतका लागि ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। हाल दैनिक ३० देखि ३२ जना जनशक्ति परिचालन गरी पोखरीको पेटी तथा अन्य संरचनाको मर्मत भइरहेको छ। नगरपालिकाले स्थानीय बासिन्दा, क्लब, दाफाभजन समूह, गुठी तथा विभिन्न संघसंस्थालाई श्रमदानमार्फत सम्पदा संरक्षण अभियानमा सहभागी हुन आह्वान गर्दै आएको छ। सार्वजनिक बिदाका दिन स्थानीयको उल्लेख्य सहभागिता हुने गरेको बताइएको छ।

भक्तपुर नगरपालिकाका अनुसार सिद्धपोखरी ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण सम्पदा हो । भक्तपुर दरबार क्षेत्र तथा अन्य ऐतिहासिक सम्पदा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो प्रमुख आकर्षणको केन्द्र बनेको छ । चारैतिर बलियो पर्खालले घेरिएको तथा कलात्मक प्रवेशद्वारहरू रहेको यस आयताकार पोखरीको पूर्व–पश्चिम लम्बाइ करिब ५७४ फिट, उत्तर–दक्षिण चौडाइ २४९ फिट र गहिराइ करिब १० फिट रहेको छ।

नेपाल संवत् २३९ अर्थात् १३औँ शताब्दीको प्रारम्भतिर राजा इन्द्रदेवले निर्माण गराएको सिद्धपोखरी नेपालकै सबैभन्दा पुराना तथा ठूला मानव निर्मित पोखरीहरूमध्ये एक मानिन्छ। प्रारम्भमा ‘इन्द्र दह’ नामले परिचित यस पोखरीलाई १५औँ शताब्दीमा राजा यक्ष मल्लले जीर्णोद्धार गराएका थिए। नेपाल एकीकरणपछिको समयमा भीमसेन थापाको कार्यकालमा पुनर्निर्माण गरी यसलाई ‘सिद्धपोखरी’ नामकरण गरिएको इतिहास रहेको छ।

नगरपालिकाले पुर्खाको गौरवशाली इतिहास तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि पोखरी तथा अन्य सम्पदाहरूको नियमित सरसफाइ, मर्मत तथा पुनर्निर्माण कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ९ : ०५ बजे

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला