तीन दिनसम्म देशभर वर्षा हुने, हिमाली क्षेत्रमा हिमपात « Khabarhub

तीन दिनसम्म देशभर वर्षा हुने, हिमाली क्षेत्रमा हिमपात


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आज विहानै सिमसिम पानी परेको छ । मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण पानी परेको हो । पानी परेपछि विहानै कलेज जाने विद्यार्थी प्रभावित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले विहीबार (आज) देखि तीन दिन मुलुभर वर्षा हुने र हिमाील क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

पश्चिमबाट वर्षा पूर्वतिर सर्दै जानेछ । बुधबार दिउँसोदेखि पश्चिम नेपालमा मध्यम वर्षा भएको मौसमविद् सुवस रिमालले बताए । विहीबार (आज) पनि काठमाडौं उपत्यका लगायत पश्चिम नेपालमा वर्षा हुने उनले बताए ।

पूर्वी नेपालमा पनि विहीबारबाटै वर्षा शुरु हुने प्रक्षेपण गरिएको छ । हिमाली क्षेत्रमा हिमपात हुने भएकाले ट्रेकिङ र घुमघाममा नजान पर्यटकलाई आग्रह गरिएको छ ।

 

 

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ७ : २२ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन