निर्मला प्रकरण : ‘अपराधी पत्ता लाग्न अझै समय लाग्छ’ « Khabarhub

निर्मला प्रकरण : ‘अपराधी पत्ता लाग्न अझै समय लाग्छ’


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लगाउन समय लाग्न सक्ने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बुधबार सांसदका प्रश्नको जवाफ दिँदै थापाले सरकार हत्यारा पत्ता लगाउन प्रयत्नशील रहेको बताउनुभयो ।

झन्डै ७ महिनासम्म अपराधी पत्ता लगाउन नसकेको भन्दै सरकारको अलोचना भइरहेको छ । महिला हिंसा सम्बन्धमा नेपाल प्रहरीले ९५ प्रतिशत अपराधीलाई कठघरमा ल्याएको गृहमन्त्री थापाले बताउनुभयो । ‘४–५ प्रतिशतलाई कानुनको कठघरमा ल्याउन सरकार प्रयत्नशील छ ।

मन्त्री थापाले भन्नुभयो केही केसमा अपराधी पत्ता लाग्न समय लाग्छ, निर्मला पन्तको घटनाले पनि समय लिएको छ । सरकार छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन प्रयत्नशील छ ।’ समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ७ : ४६ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी