रियल मड्रिडसँगको हारबाट जोगियो बार्सा, मेस्सीले गरेनन् गोल « Khabarhub

रियल मड्रिडसँगको हारबाट जोगियो बार्सा, मेस्सीले गरेनन् गोल


२४ माघ २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलकोमले एक गोल गर्दा बार्सिलोना चीर प्रतिद्वन्दी रियल मड्रिडसँग ‘स्पेनिस कोपा डेल रे’ सेमिफाइनलको पहिलो लेगमा पराजित हुनबाट जोगिएको छ । बुधबार राति नाउ क्याम्पामा भएको खेलमा रियल र बार्सिलोनाले १—१ गोलको बराबरी खेलेका हुन् ।

करिम बेञ्जमाको पासमा लुकाज भाज्कीजले खेलको छैठौं मिनेटमा गोल गर्दा रियलले सुरुआतमै बार्सिलोनाविरुद्ध अग्रता लिएको थियो । कप्तान लियोनल मेसीबिना मैदानमा उत्रिएको बार्सा पहिलो हाफमा १—० ले पछि परेको थियो ।

यसअघिको भेटमा बार्सिलोनासँग निरीह देखिएको रियलले बुधबार राति भने उत्कृष्ठ शुरुवात गरेको थियो । पहिलो दश मिनेटमै घरेलु टोलीलाई दबाबमा राखेको थियो ।

बार्सिलोनाका लागि मेलकोमले ५७ औं मिनेटमा गोल गर्दै १—१ गोलको बराबरी मा पुर्या‍एका थिए ।

फिलिपे कोन्टिन्होको स्थानमा ६३ औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले पनि टिमलाई जिताउन सकेनन् ।

यसअघि अक्टोबरमा बार्सिलोनासँग ५—१ गेल अन्तरले पराजित भएको रियलले एल—क्लासिकोको पहिलो भेटमा खेल सुधारे पनि अन्य दुई भेट बाँकी रहेकाले अझै सुधार्ने बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ११ : २६ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र