चल्लान् त ‘समर लभ’ का अतीत र साया ? « Khabarhub

चल्लान् त ‘समर लभ’ का अतीत र साया ?


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘समर लभ’ आउँदो शुक्रवार अर्थात् माघ २५ गतेबाट रिलिज हुँदैछ । सुबिन भट्टराईको बेस्ट सेलर उपन्यास ‘समर लभ’ माथि बनेको भएर पनि उपन्यासको चर्चा छ । तर, उपन्यासको चर्चाका आधारमा फिल्मको चर्चा नभएको हो कि भन्ने दर्शकले अनुभव गरेका छन् ।

यही फिल्मबाट नेपाली फिल्म क्षेत्रमा रेवती क्षेत्री र आशिष पियाले डेब्यु गर्दैछन् । फिल्ममा यी दुवैको आक्रामक फ्यान फलोइङ नभए पनि उपन्यासकै कारण फिल्म चल्छ कि भन्ने धेरैलाई लागेको छ । यद्यपि युवापुस्तामाझ फिल्मका केही कलाकारलाई लिएर असन्तुष्टि पनि देखिएको छ ।

उपन्यासमा पात्रको लूकको जसरी वर्णन गरिएको छ, त्यो अतीत र सायामा पनि नदेखिएको आरोप दर्शकले लगाएका छन् ।

यद्यपि फिल्मको ट्रेलर रुचाउँदै नरुचाइएको भन्न चाहिँ मिल्दैन । फिल्मकै प्रचारका लागि भनेर नायिका रेवती क्षेत्रीले आफ्नो नेपाल आउजाउलाई बाक्लो बनाएकी छिन् । अतीत बनेका आशिष पनि मिडियामा फिल्मका बारेमा खुलेरै बोलिरहेका छन् ।

यसकारण चल्न सक्छ फिल्म

‘समर लभ’ को जति हाइप बनिरहेको छ, यसको कारण फिल्मको कथा उपन्यासबाट लिइनु हो । यो फिल्मको कथाले केही हदसम्म उपन्यासको टेस्टलाई मर्न दिएको रहेछ भने फिल्म चल्न सक्छ । ट्रेलर र गीतबाट मध्यम प्रतिक्रिया पाएको फिल्मले भावनात्मक रुपमा दर्शकलाई जोड्ने अपेक्षा पनि गरिएको छ । यस अर्थमा फिल्म चल्न सक्छ ।

त्यसो त मुस्कान ढकाललाई पनि राम्रा मेकरका रुपमा लिइएकाले फिल्म राम्रो बनेको अड्कल गर्न सकिन्छ ।

यसकारण नचल्न सक्छ

अहिले फिल्मले जति हाइप बनाएको छ, त्यो हाइप फिल्मको प्रचारलाई पुग्दो छैन । अझै पनि आम दर्शकमाझ फिल्म आउँदो शुक्रवार रिलिज हुँदैछ भन्ने थाहा छैन । अर्कातिर फिल्म युनिटले सार्वजनिक गरेका साम्रगी (गीत तथा ट्रेलर) लाई पनि दर्शकले वाह भन्न सकेका छैनन् ।

नेपाली फिल्ममेकरले दर्शक कन्भिन्स गर्न नसक्ने जुन समस्या देखाउँदै आएका छन्, त्यसका आधारमा भने यो फिल्मले आशा गरिएअनुरुप प्रतिक्रिया नपाउन पनि सक्छ ।

मुस्कान ढकालले निर्देशन गरेको यो फिल्मको स्किृप्ट सामीप्यराज तिमल्सेनाले लेखेका छन् । फिल्मले कस्तो प्रतिक्रिया पाउनेछ भन्ने बुझ्न अब धेरै समय कुर्नुपर्ने छैन ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १२ : ५१ बजे

नीति तथा कार्यक्रममा द्रुत बस सेवा : असफल प्रयोग दोहोर्‍याउने सरकारको तयारी

काठमाडौं– तत्कालीन सरकारले २०८०, असोज ३ अर्थात् संविधान दिवसको अवसरमा

सेनामाथि किन निरन्तर खनिँदैछ एमाले ?

काठमाडौं- नेकपा एमालेले वर्तमान सरकार बन्नुमा नेपाली सेनाको ठूलो हात

‘डीडीसी’बाट सित्तैमा दूध–घिउ खाने व्यवस्था तत्काल रोक्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान

सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

काठमाडौं–  नेपाल प्रहरीको ‘साइबर ब्यूरो’को टोलीले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै