श्रमअवधिमा स्वदेशमै ज्यान गुमाएका श्रमिकका परिवारले आर्थिक सहायता पाउने | Khabarhub Khabarhub

श्रमअवधिमा स्वदेशमै ज्यान गुमाएका श्रमिकका परिवारले आर्थिक सहायता पाउने


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले वैदेशिक रोजगारीमा गएका कामदार श्रमअवधि भित्र स्वदेश फर्किएर मृत्यु भएमा आर्थिक सहायता दिने भएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले श्रम अवधिभित्र वैदेशिक रोजगारीका क्रममा रोग र घाइते भइ नेपाली फर्किएर एक वर्षभित्र मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहायता दिने जानकारी दिएको छ । गत आइतबार बसेको बोर्डको बैठकले मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।

वैदेशिक रोजगारीमा कार्यरत, करार अवधिमा नै कुनै खतरनाक रोग लागि बिरामी भई स्वदेश फर्किएर ज्यान गुमाएका र कार्यस्थलमै दुर्घटनामा घाइते भई नेपाल फर्किएपछि मृत्यु भएको श्रमिकका परिवारलाई आर्थिक सहायता दिने बोर्डका कायकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । सरकारले यसरी मृत्यु भएका कामदारका परिवारलाई ७ लाखभन्दा धेरै क्षतिपूर्ति दिने छ ।

सात लाख सहायता, छोराछोरीलाई छात्रवृत्ति

यसरी मृत्यु हुने श्रमिकका परिवारलाई ७ लाख रुपैयाँ र सन्ततीका लागि छात्रवृत्तिलगायत सुविधा बोर्डबाट पाउने व्यवस्था छ । हाल विदेशमा मृत्यु भएका श्रमिकले पाइरहेको सहायता रकम र अन्य सुविधा पनि पाउने भएका छन् ।

बोर्डको प्रस्तावलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत सकारात्मक रूपमा लिएका कारण कानुन संशोधन भएर श्रमिकले सुविधा पाउने देखिएको छ ।

आर्थिक सहायता नियमावली २०६४ को दफा २८ मा आर्थिक सहायता उपलब्ध गराइने व्यवस्था छ । करार अवधि भित्रै स्वदेशमा आई मृत्यु भएका श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता पाउने वा नपाउने प्रावधान परिमार्जन गर्न गरिएको छ । जसअनुसार क्षतिपूर्ति दिन लागिएको कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् ।

वैदेशिक रोजगारीका लागि खाडीका साउदी, कतार, युएई, कुवेत, जोर्डन, बहराइन, ओमन र मलेसियालगायत देश रोजगारीमा गइ बिरामी भएर नेपाल फर्किएर मृत्यू भएका वा करार अवधिभित्रै नेपाल फर्किएको बेला विभिन्न कारणबाट ज्यान श्रमिकले आर्थिक सहायताका लागि लिने गरेका छन् ।

जसमा वैदेशिक रोजगारमा गएको कुनै कामदारको करार अवधि र करार अवधि समाप्त भएको एक वर्षसम्मको अवधि भित्र कुनै कारणले मृत्यू भएमा मृतक कामदारको नजिकको हकवालाले मृतक कामदारको मृत्यू भएको प्रमाणीत भई नेपालमा शव बुझेको एक वर्षभित्र आर्थिक सहायताका लागि बोर्ड समक्ष निवेदन दिन सक्ने कानूनी व्यवस्था छ ।

२ सय बढीको आवेदन

विदेशबाट स्वदेशमा मृत्यु भएको २ सयभन्दा बढी मृतकका परिवारले आर्थिक सहायताका लागि आवेदन दिएको बोर्डको तंथ्याकमा उल्लेख छ ।
चालु आर्थिक वर्ष सुरु भएको ९ महिनामा विदेशबाट फर्किएर मृत्यु भएका ५७ जना कामदार परिवारले आर्थिक सहायताका लागि आवेदन दिएको बोर्डले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीका क्रममा वार्षिक ९ सयभन्दा धेरैले ज्यान गुमाउन गरेका छन् । जसमा करिब ५ सय अंगभंग भएर फर्किने गरेको बोर्डको तंथ्याकमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा गइ विभिन्न प्रकारका रोग लागेर वार्षिक ५ सयभन्दा धेरै कामदार फर्किने गरेका छन् । विदेशीमा बिरामी भएर फर्किएका कामदारले रोगको अवस्था पहिचान गरी ५ लाखसम्म उपचार खर्च दिने गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १० : १४ बजे

चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनको पदबाट हटाइए

एजेन्सी – वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार संगठन

दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री कार्कीद्वारा विपिनलाई श्रद्धाञ्जली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय विपिन जोशीप्रति राष्ट्रिय झण्डा ओढाएर

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति

‘बुडापेस्ट शिखर सम्मेलनमा पुटिन र ट्रम्प सहभागी हुन सक्ने सम्भावना’

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन