ऊर्जामन्त्रीबाट विभिन्न आयोजनाको अनुगमन « Khabarhub

ऊर्जामन्त्रीबाट विभिन्न आयोजनाको अनुगमन


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमन गरेका छन् । त्यसक्रममा उनले आयोजनाको भौतिक प्रगतिलगायत विषयमा जानकारी लिएका थिए ।

मन्त्री श्रेष्ठसमक्ष आयोजना व्यवस्थापनका तर्फबाट हाससम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५–८६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी गराइएको थियो । मन्त्री श्रेष्ठले आयोजनास्थलमा देखिएको रुख कटानसम्बन्धी समस्या समाधान गरी आयोजनाको कामलाई थप गति दिन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

कूल चार अर्ब ५२ करोड लागत रहेको यस आयोजना रुपातालको संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन र स्थानीय विकासका लागि महत्वपूर्ण रहेको छ । रुपाताललाई वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना र पर्यापर्यटनको नमूना गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड छ । यही आधारमा कास्कीका अन्य तालको पनि संरक्षण योजना बनाउन सकिने उनको भनाइ छ । प्राकृतिक स्रोतको संरक्षण, विकास र दिगो उपयोगलाई सँगसँगै अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठले उल्लेख गरे ।

मन्त्री श्रेष्ठले शुक्रबार नै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटासँग भेट गरी पोखराको पहिचानसँग जोडिएको फेवाताललगायत गण्डकी प्रदेशका ताल तथा जलाशयहरूको संरक्षण, व्यवस्थापन र दिगो उपयोगका लागि सङ्घ र प्रदेशबीच सहकार्य गर्ने विषयमा छलफल गरेका थिए ।

दुई मन्त्रीबीच गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको बहुआयामिक उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजनालाई सङ्घ र प्रदेश सरकारबीचको समन्वय र सहकार्यमा अघि बढाउने विषयमा कुराकानी भएको थियो ।

यस्तै मन्त्री श्रेष्ठले पोखरास्थित लेखनाथ सब–स्टेसनको स्थलगत अनुगमन गरी पोखरा तथा आसपासका क्षेत्रको विद्युत् आपूर्ति र वितरण प्रणालीको अवस्थाबारे जानकारी लिएका छन् । अनुगमनका क्रममा उनले विद्युत् प्रणालीको वास्तविक समयको तथ्याङ्क व्यवस्थापन, अनुगमन र विश्लेषणका लागि डाटा सेन्टरको प्रभावकारी सञ्चालन तथा उपयोगिताबारे जानकारी लिएका थिए ।

हिउँदमा आन्तरिक उत्पादन, बढ्दो माग र अन्तरदेशीय विद्युत् व्यापारबीच उचित तालमेल मिलाउँदै विद्युत आपूर्ति व्यवस्थापन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । उनले नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी विद्युत् वितरण प्रणालीको अवस्था, सेवा प्रवाह र सुधारका चुनौतीबारे जानकारी लिएका थिए ।

विद्युत् चुहावटलाई लक्ष्यभन्दा तल झार्ने, काठका पोल प्रतिस्थापन गर्ने, सामुदायिक विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने तथा बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले बताएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ९ : ०३ बजे

ऊर्जामन्त्रीबाट विभिन्न आयोजनाको अनुगमन

गण्डकी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल

इनम प्रकरणमा प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न– गगनलगायत विरूद्ध बयान दिन दबाब दिइएको हो ?

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा

दशैँ राष्ट्रिय खेलकुद : आज ९ खेलमा प्रतिस्पर्धा हुँदै

सुर्खेत– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज ९ वटा खेलमा

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज सार्वजनिक गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ

सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित

सप्तरी– सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ ।