२५ वर्षीया सरिताको हत्यामा श्रीमानसँगै परिवारका अन्य सदस्यको पनि संलग्नता « Khabarhub

२५ वर्षीया सरिताको हत्यामा श्रीमानसँगै परिवारका अन्य सदस्यको पनि संलग्नता


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बनेपा– काभ्रेको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा उनका श्रीमानसँग परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको देखिएको छ ।

प्रहरीको अनुसन्धानबाट सरिताको हत्यामा श्रीमानसँगै परिवारका अन्य सदस्यको समेत संलग्नता देखिएको हो ।

उनका श्रीमान सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए । ‘अनुसन्धानबाट परिवारको अन्य सदस्यसमेतको संलग्नता देखिँदैछ, हिरासतमा राखी थप अनुसन्धान गर्दैछौँ,’ डिएसपी गिरीले भने ।

प्रहरीले सरिताका श्रीमान सुदीप, ससुरा पिताम्बर, सासु गङ्गा, जेठाजु केशव, जेठानी सङ्गीतालाई हिरासतमा राखी थप अनुसन्धान गर्न सोमबार १० दिनको म्याद थपेको छ । वैशाख १३ गते घाँटीमा नीलडाम भएको अवस्थामा घरमै सरिताको शव फेला परेको थियो ।

अघिल्लो दिन राति हत्या भएको र भोलिपल्ट मात्रै परिवारले प्रहरीलाई खबर गरेको अनुसन्धानबाट खुलेको छ ।

सरिताको हत्यापछि श्रीमान सुदीप फरार अवस्थामा रहनु, भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृतक अवस्थामा भेटिएको भनी प्रहरीलाई खबर गर्नुले कर्तव्य गरी मारेको हुनसक्ने जनाउँदै मृतकका दाजु मण्डन देउपुर नपा–४ चैनपुरका कृष्णप्रसाद दाहालले वैशाख १३ गते नै प्रहरीमा जाहेरी दर्ता गरेका थिए ।

प्रहरीले जोहरीका आधारमा सोही दिन गाउँ छाडेर भाग्ने तरखरमा रहेका सुदीप तथा परिवारका अन्य सदस्यलाई गिरफ्तार गरेको थियो । घटनाको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले शिक्षण अस्पताल काठमाडाँैमा मृतकको शव परीक्षण गराएको छ ।

परीक्षण रिपोर्टले पनि श्रीमान एक्लैबाट सरिताको हत्या नभएको देखाएको प्रहरीले जनाएको छ ।

सरिताको रहस्यमय मृत्यु भएको जनाउँदै स्थानीय महिलाले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दबाबपूर्ण प्रदर्शन गरी सत्यतथ्य छानबिनको माग गरेका थिए ।

स्थानीयका अनुसार ४ वर्षअघि सरितासँग विवाह गरेका सुदीप २ वर्षदेखि मानसिक रोगी थिए । सुदीप र सरिता बाबुआमासँगै एउटै घरको भुइँतलामा बसेको भए पनि खाना भने अलग्गै खाँदै आएका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १० : ४४ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा