जेल सजाय पाएका रोयटर्सका २ पत्रकारलाई म्यान्मारका राष्ट्रपतिद्वारा आममाफी | Khabarhub Khabarhub

जेल सजाय पाएका रोयटर्सका २ पत्रकारलाई म्यान्मारका राष्ट्रपतिद्वारा आममाफी


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारी गोप्य कागजात सार्वजनिक गरी सरकारी गोपनीयता कानून उल्लंघन गरेको अभियोगमा अदालतले जेल सजाय सुनाएका २ पत्रकारलाई म्यान्मारका राष्ट्रपतिले आममाफी दिएका छन् ।

नयाँ वर्षको अवसर पारेर राष्ट्रपति विन मिइन्टले आममाफी दिर्ने निर्णय गरेसँगै समाचार संस्था रोयटर्सका २ जना पत्रकार क्या सो ऊ र वा लोन रिहा भएका छन् ।

उनीहरुले रोहिंग्यामाथि सरकारी सेनाले गरेको दमन र नरसंहारका विषयमा रिपोर्टिङ गरेका थिए ।

उनीहरुले गरेको रिपोर्टिङको जानकारी पाएपछि म्यान्मार प्रहरीले सन् २०१७ को डिसेम्बरमा नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

जेलमै रहेका बेला दुवै जनालाई गत महिना पुलित्जर पुरस्कार समेत प्रदान गरिएको थियो ।

रिहा भएका दुवैजनालाई आफूहरु निक्कै खुसी भएको प्रतिक्रिया दिएका छन् । रोयटर्सका सम्पादकले आफ्ना पत्रकारहरु प्रेस स्वतन्त्रताका प्रतिक रहेको बताएका छन् ।

 

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ११ : २५ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन