पतिकै अगाडि पत्नीमाथि बलात्कार गरेर भिडियो खिचे, प्रहरी बन्यो मुकदर्शक | Khabarhub Khabarhub

पतिकै अगाडि पत्नीमाथि बलात्कार गरेर भिडियो खिचे, प्रहरी बन्यो मुकदर्शक


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नयाँ दिल्ली– ५ जना युवाको एक समूहले पतिलाई बन्धक बनाएर पत्नीमाथि बलात्कार गरेर भिडियो समेत खिचेको छ । उक्त भिडियो अहिले भाइरल बनिरहेको छ ।

यस्तो कूकर्म गर्नेमाथि कारबाही गर्नुको सट्टा प्रहरी पनि मुकदर्शक बनेको छ । यो घटना भारतीय राज्य राजस्थानअन्तर्गत अलवर जिल्लाको थानागाजी इलाकाको हो ।

घटना गत अप्रिल महिनाको २६ तारिखको हो । दिउँसो ३ बजे पति र पत्नी मोटरसाइकलमा लालवाडी गाउँबाट तालवृक्ष गइरहेका थिए । थानागाजी–अलवर बाइपास रोडमा ५ जना युवकले उनीहरुको अगाडि ल्याएर २ ओटा बाइक रोके ।

युवकहरुले दुवैजनालाई जबरजस्ती उठाएर सडकभन्दा केही पर लगे । त्यहाँ पतिमाथि कुटपिट गरेर उनलाई बन्धक बनाए । पतिलाई बन्धक बनाएपछि पाँचै जनालाई महिलामाथि सामूहिक बलात्कार गरे ।

उनीहरुले सामूहिक बलात्कारको भिडियो समेत बनाउन भ्याए । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा शेयर गरिएको छ ।

युवकको उमेर २०–२५ वर्ष भएको बताइएको छ ।

पीडित पक्षले मे ३ मा स्थानीय प्रहरीसमक्ष उजुरी दिएपनि प्रहरीले भने चुनावको कारण देखाउँदै घटनामाथि अनुसन्धान नगरेको जनाइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १२ : १५ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः