पतिकै अगाडि पत्नीमाथि बलात्कार गरेर भिडियो खिचे, प्रहरी बन्यो मुकदर्शक « Khabarhub

पतिकै अगाडि पत्नीमाथि बलात्कार गरेर भिडियो खिचे, प्रहरी बन्यो मुकदर्शक


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नयाँ दिल्ली– ५ जना युवाको एक समूहले पतिलाई बन्धक बनाएर पत्नीमाथि बलात्कार गरेर भिडियो समेत खिचेको छ । उक्त भिडियो अहिले भाइरल बनिरहेको छ ।

यस्तो कूकर्म गर्नेमाथि कारबाही गर्नुको सट्टा प्रहरी पनि मुकदर्शक बनेको छ । यो घटना भारतीय राज्य राजस्थानअन्तर्गत अलवर जिल्लाको थानागाजी इलाकाको हो ।

घटना गत अप्रिल महिनाको २६ तारिखको हो । दिउँसो ३ बजे पति र पत्नी मोटरसाइकलमा लालवाडी गाउँबाट तालवृक्ष गइरहेका थिए । थानागाजी–अलवर बाइपास रोडमा ५ जना युवकले उनीहरुको अगाडि ल्याएर २ ओटा बाइक रोके ।

युवकहरुले दुवैजनालाई जबरजस्ती उठाएर सडकभन्दा केही पर लगे । त्यहाँ पतिमाथि कुटपिट गरेर उनलाई बन्धक बनाए । पतिलाई बन्धक बनाएपछि पाँचै जनालाई महिलामाथि सामूहिक बलात्कार गरे ।

उनीहरुले सामूहिक बलात्कारको भिडियो समेत बनाउन भ्याए । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा शेयर गरिएको छ ।

युवकको उमेर २०–२५ वर्ष भएको बताइएको छ ।

पीडित पक्षले मे ३ मा स्थानीय प्रहरीसमक्ष उजुरी दिएपनि प्रहरीले भने चुनावको कारण देखाउँदै घटनामाथि अनुसन्धान नगरेको जनाइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १२ : १५ बजे

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित