'नथिया'की लेखिका सरस्वती प्रतीक्षाविरुद्ध प्रहरीमा उजुरी | Khabarhub Khabarhub

‘नथिया’की लेखिका सरस्वती प्रतीक्षाविरुद्ध प्रहरीमा उजुरी


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘नथिया’ उपन्यासकी लेखिका सरस्वती प्रतीक्षाविरुद्ध चरित्रहत्या गरेको दाबी सहित महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी परेको छ ।
घोराही उपमहानगरपालिका बस्ने रञ्जिता नेपालीले सरस्वतीले लेखेको ‘नथिया’ उपन्यासमा वादी समुदायको आत्मसम्मानमा ठोस पुग्ने शब्दहरू प्रयोग गरेर चरित्र हत्या गरेको भन्दै क्षतिपूर्तिसहित प्रहरीमा उजुरी दिएकी हुन् ।
रञ्जिताले प्रहरीमा दर्ता गरेको उजुरीमा सरस्वतीले नेपाल सरकारबाट बन्देज गरेका समग्र समुदायलाई प्रत्यक्ष ठेस लाग्ने, लान्छना, भेदभाव देखिने शब्दहरूको प्रयोग भएको र समग्र समुदायलाई प्रतिकूल असर हुने खालका शब्दहरू जस्तै बदेनि, रण्डी, वेश्या, रखेल शब्दहरू तथा प्रतिकृयाहरु उपन्यासमा प्रयोग भएको उल्लेख छ ।
प्रहरीमा परेको उजुरीमा उपन्यासको ‘नथिया’ शीर्षक नै गलत अर्थ लगाई परिभाषित गरेको समेत उल्लेख छ । यतिमात्र होइन, उपन्यासमा मन्जुरीविना स्वर्गीय बुबा गुमानसिंह र आफ्नो नाम उल्लेख गरेर चरित्र हत्या गरेको आरोप समेत लगाइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  २ : ०९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’