राष्ट्रपति ट्रम्पद्वारा वुड्स सम्मानित « Khabarhub

राष्ट्रपति ट्रम्पद्वारा वुड्स सम्मानित


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्वका चर्चित गल्फर टाइगर वुड्सलाई अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मान गरेका छन् । मंगलबार वासिङटनमा आयोजित सम्मान कार्यक्रममा राष्ट्रपति टम्पले वुड्सलाई अमेरीकि नागरीकले पाउने उच्च सम्मान ‘प्रेसिडेन्टल मेडल अफ फ्रिडम’ ले प्रदान गरे ।

अवार्ड प्रदान गर्दै राष्ट्रपति ट्रम्पले वुड्सलाई सधैभरी जित राख्नुस् भन्दै शुभकामना दिएका छन् । उनले भनेका छन् , ‘यस्ता प्रतिभाहरुले अमेरीकाको स्प्रिट अगाडि बढाउँछ ।’

४३ वर्षीय १५ मुख्य उपाधि विजेता वुड्सले उपाधि हात पारिसकेपछि आफ्नो सफलतामा आफ्ना अभिभावकको हात महत्वपूर्ण रहेको बताए । विश्व गल्फका लिजेण्ड तथा १५ पटकको मेजर विजेता टाइगर उड्स अमेरिकाको उच्च सिभिलियन सम्मानबाट सम्मानित भएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटनमा आयोजना विशेष समारोहमा उड्सलाई प्रेसिडेन्टल अफ फ्रिडम हवार्ड प्रदान गरेका हुन्। ४३ वर्षे उड्सले गत अप्रिलमा अगुस्टामा भएको मेजर गल्फको उपाधि जितेका थिए। जुन उड्सले ११ वर्षपछि जितेका थिए।

त्यसैका कारण उड्सले अमेरिकाको उच्च सम्मान पाएका हुन्। उड्सले अवार्ड समारोहमा आफ्ना दुई बच्चा र आमालाई धन्यवाद दिएका थिए।

यो अवार्ड त्यस्तो ब्यक्तिलाई दिने गरिन्छ, जसले देशको सुरक्षामा योगदान गरेको, विश्व शान्तिमा सहयोग गरेको लगायतका आवश्यकता छन । जसमा उड्स खेलकुदबाट पर्ने चौथो व्यक्ति हुन ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  २ : ५९ बजे

उपाध्यक्षमा उम्मेदवारी दिएका रघुजीलाई पोखरेल समूहले समेट्ने

काठमाडौं- नेकपा एमालेको एघारौं महाधिवेशनमा पूर्वशिक्षामन्त्री रघुजी पन्तले पनि उम्मेदवारी

ओलीले दिए अध्यक्ष पदमा उम्मेदवारी

काठमाडौं– केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी

पार्टीलाई सही ढङ्गले अघि बढाउन नेतृत्वमा दाबी गरेको हुँ : ईश्वर पोखरेल

काठमाडौं– नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढङ्गले

झिनो अंकले बढ्यो नेप्से, १५५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न