नान्टेसद्वारा कार्डिफसँग सालाको सरुवा रकम माग, १० भित्र नदिए कानूनी उपचार खोज्ने धम्की « Khabarhub

नान्टेसद्वारा कार्डिफसँग सालाको सरुवा रकम माग, १० भित्र नदिए कानूनी उपचार खोज्ने धम्की


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्सको फुटबल क्लब नान्टेसले कार्डिफसिटीसँग इमिलियानो सालाको सरुवा रकम माग गरेको छ । नान्टेसले कार्डिफसँग १५ मिलियन पाउन्ड माग गरेका बीबीसीले उल्लेख गरेको छ ।

अर्जेन्टिनाका फरवार्ड साला र पाइलट डेभिड इबोट्सन पाइपर सवार मलिबु एनन २६४डीबी विमान दुर्घटना भएपछि जनवरी २१ देखि वेपत्ता छन् ।

जनवरी २१ मा च्यानल आइसल्यान्डमा वेपत्ता भएको बिमान केही दिन अघि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । २८ वर्षे सालालाई कार्डिफले किर्तिमानी रकममा भित्र्याएको थियो । तर, क्लबका लागि भने उनले खेल्न पाएनन् ।

फ्रान्सको पत्रिकासँगको अन्तरर्वार्तामा कार्डिफका अध्यक्ष मेहमेत दालमानले नान्टेसलाई लक्षित गर्दै भनेका छन् कि नान्टेसले पहिलो किस्ता माग गरेको बताए । उनले पहिलो किसता स्वरुप ६ मिलियन युरो मागेको बताएका छन् । “हामी परिवार प्रति सम्मान गर्न चाहान्छौं । परिवार दुर्घटनाबाट पीडामा रहेको छ,” अध्यक्ष दालमेनले भने ।

बिहीबार राती बिमान दुर्घटना अनुसन्धान शाखा (एएआईबी) ले बिमानका सबै भग्नावशेष भेटिएको जानकारी दिइसकेको छ । कार्डिफले दुर्घटनामा परेका सालाको उद्दार हुन नपाउँदै नान्टेसले गरेको मागप्रति आश्चर्य जनाएको छ ।

नान्टेसले १० दिनभित्र पैसा नदिए कानुनी उपचार खोज्ने धम्की समेत दिएको दालमेनले बताए ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  २ : १२ बजे

एसियन गेम्स छनोट : ओमानलाई हराउँदै मलेसिया तेस्रो

काठमाडौँ – एसियन गेम्स छनोट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको

सर्वदलीय बैठकमा कांग्रेस, एमाले र नेकपाको शीर्ष नेतृत्वले प्रतिनिधि पठाए, श्रम संस्कृति गएन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा

रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल: महेश बस्नेत

काठमाडौँ – नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी

२१ औँ अन्नपूर्ण बुद्धिचाल प्रतियोगिता सम्पन्न

काठमाडौँ – २१ औँ अन्नपूर्ण चेस प्रतियोगिताको विभिन्न उमेर समूहमा

तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई