प्रतिपक्षको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित | Khabarhub Khabarhub

प्रतिपक्षको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको होहल्ला र अवरोधका बीच सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । संघीय संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रम ध्वनि मतका आधारमा पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेका हुन्।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको विपक्षमा मत दिए । नीति तथा कार्यक्रममाथि नेपाली कांग्रेस, राजपालगायतका दलका सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

कांग्रेसका सांसदको चर्को विरोधकाबीच पनि पनि सभामुखले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए ।

संसदमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्‍नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वेवास्ता गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध समेत गरेको थियो ।

प्रधानमन्त्रीले प्रश्नहरुको जवाफ दिने क्रममा भनेका थिए– ‘म यहाँ केही आक्रोश, कुण्ठा र निम्छरा प्रश्‍न छोडेर अन्य प्रश्‍नको जवाफ मात्र दिन्छु ।’ सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी दल कांग्रेसका सांसदहरुलाई पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले मानेका थिएनन् ।

वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा आइतबार, सोमबार र मंंगलबार गरी तीन दिन छलफल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक बैशाख २७ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ३ : ५३ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला