प्रतिपक्षको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित « Khabarhub

प्रतिपक्षको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको होहल्ला र अवरोधका बीच सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । संघीय संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रम ध्वनि मतका आधारमा पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेका हुन्।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको विपक्षमा मत दिए । नीति तथा कार्यक्रममाथि नेपाली कांग्रेस, राजपालगायतका दलका सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

कांग्रेसका सांसदको चर्को विरोधकाबीच पनि पनि सभामुखले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए ।

संसदमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्‍नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वेवास्ता गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध समेत गरेको थियो ।

प्रधानमन्त्रीले प्रश्नहरुको जवाफ दिने क्रममा भनेका थिए– ‘म यहाँ केही आक्रोश, कुण्ठा र निम्छरा प्रश्‍न छोडेर अन्य प्रश्‍नको जवाफ मात्र दिन्छु ।’ सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी दल कांग्रेसका सांसदहरुलाई पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले मानेका थिएनन् ।

वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा आइतबार, सोमबार र मंंगलबार गरी तीन दिन छलफल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक बैशाख २७ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ३ : ५३ बजे

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय