त्रिकोणात्मक क्रिकेट शृङ्खला काठमाडौंमा, नेपाल, ओमान र अमेरीकाबीच प्रतिस्पर्धा हुने « Khabarhub

त्रिकोणात्मक क्रिकेट शृङ्खला काठमाडौंमा, नेपाल, ओमान र अमेरीकाबीच प्रतिस्पर्धा हुने


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग–२ को एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृङ्खलाको नेपालमा हुने भएको छ । आईसीसीले प्रेस विज्ञप्ती निकाल्दै शृङ्खला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । घरेलु मैदानमा हुने खेलमा नेपालले ओमान र अमेरिकासँग खेल्नेछ ।

२०२३ को विश्वकप छनोटको पहिलो चरणमा नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा हरेक टोलीले साढे २ वर्षमा ३६ एकदिवसिय अन्तर्राष्ट्रिय खेल खेल्नेछन् ।

त्यसैअन्तर्गतको पहिलो खेलमा सबै टोलीले त्रिकोणात्मक खेल खेल्नेछन् । नेपालमा हुने पहिलो क्रिकोणात्मक शृङ्खलाका खेलहरु २०२० फ्रेबु्रअरी ५ देखि १२ सम्म हुनेछ । यस्तै, दोस्रो शृङ्खला नामिबियामा नेपाल, नामिबिया र स्कटल्यान्डले खेल्नेछन् । उक्त प्रतियोगिता २०२० अप्रिल २० देखि २७ सम्म हुने छन् भने तेस्रो शृङ्खला पपुवा न्युगिनीमा आयोजक पपुवा न्युगिनी, नेपाल र यूएईले खेल्नेछन् ।

आईसीसीले अहिलेसम्म ३ शृङ्खलाका मात्रै स्थान तोकेको छ । विश्वकप लिग–२ का शीर्ष ३ टोलीले आईसीसी विश्वकप छनोट २०२२ मा सिधै प्रवेश गर्नेछन् भने पुछारका ४ टोली विश्वकप छनोटको प्लेअफमा पुग्नेछन् । उक्त प्लेअफमा च्यालेन्ज लिगबाट आएका विजेतासँग अन्तिम छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ६ : २८ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ