त्रिकोणात्मक क्रिकेट शृङ्खला काठमाडौंमा, नेपाल, ओमान र अमेरीकाबीच प्रतिस्पर्धा हुने « Khabarhub

त्रिकोणात्मक क्रिकेट शृङ्खला काठमाडौंमा, नेपाल, ओमान र अमेरीकाबीच प्रतिस्पर्धा हुने


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग–२ को एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृङ्खलाको नेपालमा हुने भएको छ । आईसीसीले प्रेस विज्ञप्ती निकाल्दै शृङ्खला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । घरेलु मैदानमा हुने खेलमा नेपालले ओमान र अमेरिकासँग खेल्नेछ ।

२०२३ को विश्वकप छनोटको पहिलो चरणमा नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा हरेक टोलीले साढे २ वर्षमा ३६ एकदिवसिय अन्तर्राष्ट्रिय खेल खेल्नेछन् ।

त्यसैअन्तर्गतको पहिलो खेलमा सबै टोलीले त्रिकोणात्मक खेल खेल्नेछन् । नेपालमा हुने पहिलो क्रिकोणात्मक शृङ्खलाका खेलहरु २०२० फ्रेबु्रअरी ५ देखि १२ सम्म हुनेछ । यस्तै, दोस्रो शृङ्खला नामिबियामा नेपाल, नामिबिया र स्कटल्यान्डले खेल्नेछन् । उक्त प्रतियोगिता २०२० अप्रिल २० देखि २७ सम्म हुने छन् भने तेस्रो शृङ्खला पपुवा न्युगिनीमा आयोजक पपुवा न्युगिनी, नेपाल र यूएईले खेल्नेछन् ।

आईसीसीले अहिलेसम्म ३ शृङ्खलाका मात्रै स्थान तोकेको छ । विश्वकप लिग–२ का शीर्ष ३ टोलीले आईसीसी विश्वकप छनोट २०२२ मा सिधै प्रवेश गर्नेछन् भने पुछारका ४ टोली विश्वकप छनोटको प्लेअफमा पुग्नेछन् । उक्त प्लेअफमा च्यालेन्ज लिगबाट आएका विजेतासँग अन्तिम छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ६ : २८ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा