ताप्लेजुङको सिदिङवामा आगलागी, ५० लाखभन्दा बढीको क्षति « Khabarhub

ताप्लेजुङको सिदिङवामा आगलागी, ५० लाखभन्दा बढीको क्षति


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भञ्ज्याङ बजारमा विद्युत् सर्ट भएर लागेको आगलागीबाट करिब ५० लाखबराबरको क्षति भएको छ।

स्थानीय डेनी तामाङको पाँचतले टिनले छाएको पक्की घरको चौथो तलाबाट भएको आगलागीका कारण ५० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगलागीबाट टिनको छानो, काठपात, मेसिनरी सामान, ल्याप्टप, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशङ्कर यादवले जानकारी दिए।

आगलागी भएको खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आएको बताइएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १० : १३ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा