फुलकन्ट्याक्ट कराते प्रतियोगिता बैशाख अन्तिम साता हुने « Khabarhub

फुलकन्ट्याक्ट कराते प्रतियोगिता बैशाख अन्तिम साता हुने


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा २० औँ राष्ट्रिय पुरुष खुल्ला तथा १३ औँ राष्ट्रिय महिला तौल समुह फुलकन्टयाक्ट कराते प्रतियोगिता बैशाख अन्तिम साता हुनेभएको छ ।

संघले मंगलवार पत्रकार सम्मेलन गरी प्रतियोगिता बैशाख २७ र २८ गते हुने जानकारी दिएको हो । दुई दिन चल्ने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनि कभर्ड हलमा सञ्चालन गर्ने जानकारी आयोजकले दिएको हो ।

सातैवटा प्रदेशबाट प्रतियोगितामा पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरस्कारमा पुरुषतर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रो १५, तेस्रो ७ हजार ५ सय र चौथो हुनेलाई ३ हजार ५ सय रुपैयाँ नगदको व्यवस्था गरिएको छ ।

यस्तै महिला स्पर्धाको प्रथम हुनेले १० हजार, दोस्रोले ५ हजार, तेस्रोले २५ सय र चौथोले १ हजार प्राप्त गर्नेछ। प्रतियोगिता आयोजनाका लागि अनुमानीत १३ लाख खर्च हुने आयोजकले जनाएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १० : ५७ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य