हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द « Khabarhub

हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा-  हिमाली जिल्ला डोल्पामा आज बिहानैदेखि भारी हिमपात शुरु भएको छ ।

हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

“यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ, बढ्दो चिसोका कारण एसइई तयारी कक्षा लिन आउन विद्यार्थीको सङ्ख्या अत्यधिक घटेको छ,” जनप्रभा मावि लिकुका शिक्षक दीपक पराजुलीले भने । “बिहानैदेखि हिमपात हुन थालेपछि विद्यालय चौरमा बाक्लो हिँउ जमेको छ, चिसोका कारण कोठाबाट बाहिर निक्लन पनि मुस्किल परेकाले आजको तयारी कक्षासमेत प्रभावित हुने पक्का भएको छ ।”

जिल्लाका जनप्रभा मावि लिकु, त्रिपुराकोट मावि मद्यु, आदर्श मावि जुफाल, सरस्वती मावि दुनै लगायतका आधा दर्जन विद्यालयमा एसइई तयारी कक्षा सञ्चालन भइरहेको छ । हिमपातका कारण बढेको चिसोले कोठामै बसेर पढन सकिने भए पनि हात बाहिर झिकेर लेख्न गाह्रो हुने जनप्रभा माविमा एसइई तयारी कक्षा लिइरहेकी छात्रा सरीता देवकोटाले बताउनुभयो । कोठा बाहिरै बाक्लो हिउँ जमेकाले शौचालय जानसमेत समस्या हुने गरेको छ भने खाना पकाउन भान्सामा जानसमेत गाह्रो भएको उहाँको भनाइ छ ।

यसअघि तेस्रो पटकसम्म परेको हिँउ बिलाउन नपाउँदै पुनः हिमपात शुरु भएपछि डोल्पालीको जनजीवन थप कष्टकर बनेको छ भने पशुवस्तुलाई घाँसपात गर्नसमेत समस्या भएको छ ।

विमानस्थल बन्द  

बिहानदेखि शुरु भएको हिमपातका कारण जुफाल विमानस्थलमा बाक्लो हिँउ जमेको छ । जहाज अवतरण गर्ने हवाई मार्गमा नै बाक्लो हिँउ जमेपछि जुफाल विमानस्थल आज अवरुद्ध भएको हो ।

हिमपातका कारण नेपालगञ्जदेखि हुने कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार शर्माले बताए।

जुफाल विमानस्थल अवरुद्ध भएपछि यात्रु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । बिहानदेखि शुरु भएको हिमपात बेलुकीसम्म जारी रहे दुई–तीन दिनसम्म जुफाल विमानस्थल अवरुद्ध हुने सम्भावना रहेको नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ ।

यसैगरी कर्णालीका जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा समेत बिहानैदेखि हिमपात शुरु भएपछि त्यहाँका विमानस्थलहरुसमेत अवरुद्ध भएका छन् भने जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  २ : ३९ बजे

झापामा प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाही नभए ब्ल्याक आउट गर्ने चेतावनी

काठमाडौं- नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भएको

काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा डा विवेक बराल

जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकार

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

जकार्ता- इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा