अब पुरुषले ट्याक्सी चढ्न नपाउने ! | Khabarhub Khabarhub

अब पुरुषले ट्याक्सी चढ्न नपाउने !


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरियाको राजधानी सिओलमा महिलाका लागि मात्रै भनेर ट्याक्सी सेवा सुरु हुने भएको छ । सिओलमा यो सेवा यही महिनाबाट सुरु हुने अधिकारीले जनाएका छन् ।

यसका लागि सिओल महानगरले फेब्रुअरी १ मा टागो सोलुसन्स नामक संस्थालाई व्यापारिक चालक अनुमतिपत्र जारी गरेको थियो । ५० भन्दा धेरै कम्पनी आबद्ध रहेको यो संस्थासँग ४५०० ट्याक्सी छ ।

यो संस्थाले तीन महिनाका लागि वायगो लेडी नामक परीक्षण योजना ल्याउने जनाएको छ । वायगो लेडी नामक ट्याक्सीमा महिला चालक मात्र रहने छन् । यो ट्याक्सीमा माध्यमिक तह मुनिका बच्चा र महिलाबाहेक अन्यलाई चढाउन नपाइने योजना रहेको टागोले जनाएको छ ।

सबाहेक पुरुषलाई वायगो लेडी ट्याक्सीमा पुरुषलाई चढाउन नपाइने नियम छ । सुरुमा २० वटा ट्याक्सीबाट शुरु गरिने योजना अन्तर्गत अर्को वर्षबाट ५ सय वटासम्म ट्याक्सी सडकमा गुडाइने जनाइएको छ । यद्यपि टागो ट्याक्सीको भाडा अन्य ट्याक्सीको भन्दा २ हजार वन धरै पर्नेछ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : ०२ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ