अन्तर्राष्ट्रिय

डच प्रहरीको कारबाहीमा बन्दूकधारी मारिए

By खबरहब

February 07, 2019

एजेन्सी–डच प्रहरीको कारबाहीमा आम्सर्डम शहरमा बन्दूक देखाएर प्रहरीलाई धम्क्याउने एकजना मारिएका छन् । नेदरल्याण्ड्को आम्सर्डम शहरको केन्द्रीय बैँकको कार्यालय नजिक घटना भएको हो ।

बुधबार साँझ ७: १५ बजेको आसपास भएको घटनामा अर्का एकजना मानिस घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको कारवाहीमा २० राउण्ड गोली प्रहार गरेको जनाइएको छ ।

घटना आतंकवादसँग भने सम्बन्धित नरहेको डच प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् ।