सिरहामा एकवर्षमा मानवअधिकार उल्लङ्घनका ८८ घटना « Khabarhub

सिरहामा एकवर्षमा मानवअधिकार उल्लङ्घनका ८८ घटना


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिरहा– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिरहामा सन् २०२४ मा ८८ वटा मानवअधिकार उल्लङ्घनका घटना भएको जनाएको छ । ‘मानवअधिकार वर्ष पुस्तक सन्–२०२५’को समीक्षा कार्यक्रममा शनिबार इन्सेकले गैरराज्य पक्षबाट ८७ र राज्यपक्षबाट एक मानवअधिकार उल्लङ्घनको घटना भएको जानकारी दिएको हो ।

इन्सेकका जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्लामा बलात्कार, हत्या, बहुविवाह, घरेलु हिंसाजस्ता घटना घटेका छन् । उनका अनुसार यस अवधिमा १३ बालिका बलात्कार घटनाबाट पीडित भएका छन् भने ६ बालिका यौन दुर्व्यवहारको घटनामा पीडित भएका छन् ।

त्यसैगरी, ११ वटा बलात्कारका घटना घटेको र सातवटा बलात्कार प्रयासका घटना भएका छन् । पाँच पुरुष र पाँच महिलाको परिवारजनबाटै हत्या भएको छ । बहुविवाहका सातवटा घटना घटेका छन् ।

गाउँ निकाला, झडप, ढुङ्गामुढा, नाकाबन्दी, आत्महत्या दुरुत्साहन, घरेलु हिंसालगायतका मानवअधिकार उल्लङ्घनका घटना घटेका छन् । स्थानीय तहहरूका न्यायिक समितिमा पीडितहरूले विश्वास नगरेको देखिएको छ ।

वर्ष पुस्तक समीक्षा कार्यक्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक शिव कट्टेलले प्रहरी जनशक्ति पर्याप्त नभएकाले अपराध नियन्त्रण र लागुपदार्थ दुर्व्यसनी न्यूनीकरणमा चुनौती देखिएको बताए ।

त्यसैगरी, मधेस प्रदेशसभाका सदस्य राजेन्द्रप्रसाद चौधरीले समाजमा हिंसा न्यूनीकरणका लागि कानुन कार्यान्वयनको पक्ष फितलो रहेको बताउँदै आम नागरिक सचेत हुनुपर्ने बताए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १० : २१ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित