छाउपडी मान्नेलाई सुविधा नदिइने « Khabarhub

छाउपडी मान्नेलाई सुविधा नदिइने


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी- पछिल्लो समयमा बाजुरा जिल्लामा छाउगोठ हटाउन विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन हुन थालेका छन् ।

एक महीना पहिले बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा छाउगोठमा आमा र दुई छोराको मृत्यु भएपछि छाउपडी गोठ भत्काउनाका साथै गोठमा आउने खतराका बारेमा अभिमुखीकरण कार्यक्रम हुन थालेका हुन् । जिल्लाको बडिमालिका नगरपालिका–८ रापकमा बुधबार छाउपडी कुप्रथाका बारेमा स्थानीयवासीलाई जानकारी गराइएको छ ।

छाउपडी कुप्रथा भएकाले यसलाई अन्त्य गर्न स्थानीय महिला नै लाग्नुपर्नेमा सचेत गराइएको बडिमालिका नगरपालिका–८ का वडाध्यक्ष प्रकाश रावलले बताए । छाउपडी कुप्रथाका कारण अकालमै महिलाले ज्यान गुमाउनुपर्ने, यौनहिंसामा पर्ने जस्ता कार्य हुने भएकाले छाउ भएका बेला गोठमा भन्दा घरभित्र राख्न स्थानीयवासीलाई आग्रह गरेको बताए ।

वडाध्यक्ष रावलले भने “अबका दिनमा कोही कसैले महिला तथा किशोरी महीनावारी भएका बेला छाउगोठमा राखेको पाइएमा वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवासुविधाबाट वञ्चित गराइनेछ ।” छाउपडी प्रथा न्यूनीकरण अभिमुखीकरण कार्यक्रमका स्थानीयवासीले छाउ भएका बेला कोही पनि महिलालाई गोठमा नराख्ने प्रतिबद्धता गरेको महिला अधिकारकर्मी सीता बरालले बताइन् ।

जिल्लाको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगलागीबाट आमा र दुई छोराको मृत्यु भएपछि घटना बारे स्थलगत अनुगमनका लागि ‘युएनडिपी’द्वारा पठाइएको ६ सदस्यीय सङ्घीय सांसदको टोली घटनास्थल नपुगेरै फर्किएको थियो । पोरखे लेखमा हिउँ बढी भएका कारण उक्त टोली बडिमालिका नगरपालिका–७ रजातोलीमा स्थानीयवासीसँग छाउपडी प्रथाका बारेमा छलफल गरेको फर्किएको थियो ।

नगरपालिकाको घटनाले जिल्लाका सरोकारवाला निकायको भने ध्यान गएको छ । छाउपडीको अवस्थाबारे गाउँपालिका तथा नगरपालिकाले कतै छाउगोठ भत्काउने त कतै प्रत्येक टोलमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : ४७ बजे

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना

कुशलले छक्का हानेको बलले लागेर घाइते भइन् चियर लिडर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबार भएको खेलमा चितवन