श्रममन्त्री गोकर्ण विष्टको निर्णयविरुद्ध पूर्व मन्त्रीदेखि राजदूत नै लविङमा « Khabarhub

श्रममन्त्री गोकर्ण विष्टको निर्णयविरुद्ध पूर्व मन्त्रीदेखि राजदूत नै लविङमा


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले सरकारीस्तरमा श्रम सम्झौता नवीकरण नगरी नेपालमा कतारी भिसा सेन्टर खोल्न रोक लगाएपछि मन्त्री विष्टको निर्णय विरुद्ध चलखेल शुरु भएको छ ।

गत मंसिर २७ मा खोल्ने भनिएको उक्त भीषा सेन्टर खुलाउन अहिले पूर्व श्रमराज्य मन्त्री तथा हिमालय म्यानपावर प्रालिका सञ्चालक टेक बहादुर गुरुङ, कतारस्थित नेपाली दूतवासका राजदूत रमेश कोइराला, एसओएस सभिर्स म्यानपावर प्रालिका सञ्चालक हेमजंग गुरुङ लगायत केही व्यवसायी लविङमा रहेको स्रोतले बतायो ।

नेपालमा खोल्ने भनिएको उक्त भिसा सेन्टरमार्फत स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट लगाउन रोजगार व्यवसायी गुरुङ, भुषण राणा र राजदूत कोइरालालगायत केही व्यक्ति सक्रिय रहेको कतारस्थित दूतवासका एक कर्मचारीले ‘खबरहब’लाई जानकारी दिए ।

जसमा राजदूत कोइराला, पूर्व मन्त्री गुरुङ र वैदेशिक रोजगार व्यवसायी संघमा आवद्ध एक टोलीले सहयोग गरिरहेको ती कर्मचारीको भनाइ छ । कतारमा रहेका गरैआवासीय नेपाली पनि यो खेलमा लागेको ती कर्मचारीको दावी छ । कतारको भिसा सेन्टर आफ्नो पक्षमा पारेर त्यहाँ जाने कामदारको स्वास्थ्यलगायत अन्य प्रक्रियाका लागि कामदार आर्थिक भार थपेर सिण्डिकेट लाद्न आधा दर्जन व्यक्ति सक्रिया रहेको ती कर्मचारीको भनाइ छ ।

भिसा सेन्टर खोल्नका लागि उनीहरुले कतारको अध्यगमन विभाग, रोजगार मन्त्रालय, कानून मन्त्रालय र नेपालस्थित कतार दूतवासका कर्मचारीसँग समन्वयनका लागि पहल गरिरहेको उनको भनाइ छ । उनीहरुले नेपालमा भिसा सेन्टर खोल्न मान्यता पाएको सिंगापुरको बियोमेट कम्पनीका सञ्चालकसँग पनि भिसा सेन्टर आफ्नो पक्षमा ल्याउन लविङ गरिरहेको एक रोजगार व्यवसायीले दावी गरे ।

कतार जाने नेपाली कामदारका भिसा सम्बन्धी समस्या न्यूनीकरण गर्न कतारले काठमाडौंमा भिसा सेन्टर खोल्ने तयारी अन्तिम चरणमा पु¥याएको थियो । सन् २०१८ नोभेम्बर २७ मा उक्त भिसा सेन्टरको श्रम मन्त्री विष्टले नै उद्घाटन गर्ने गरी कार्यक्रम समेत तय गरिएको थियो ।

कतारी राजदूतावास कार्यालयभित्रै भिसा सेन्टर खोल्ने सवै संरचना पनि निर्माण भइसकेका थिए । कतार सरकारले सिंगापुरको बियोमेट कम्पनीसँग सहकार्य गरी सेन्टरमा जडान गरिने सफ्टवेयर समेत निर्माण गरेको थियो । तर, अन्तिममा आएर श्रम सम्झौता नवीकरणको प्रसंगले तत्कालका लागि उक्त भिसा सेन्टर खुल्ने सम्भावना टरेको हो । श्रममन्त्री विष्टले पनि नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलेसँग कतार सरकारले नेपाली कामदार रोजगारीमा लैजादा सवै खर्च व्योहोर्नुपर्ने, सम्झौता गरेपछि मात्र भिसा सेन्टर खोल्नुपर्ने लगायतका विषयमा समेत छलफल गरेका थिए ।

त्यसो त कतारले कामदार आपूर्ति गर्दै आएका ८ देशमा १८ वटा भिसा सेन्टर खोल्न तयारी गरिरहेको छ । कतार सरकारले बंगलादेश, म्यानमार, श्रीलंका र पाकिस्तानमा भिसा सेन्टर खोलेर कामदार आपूर्ति गर्न गत जनवरी १ गतेदेखि नै शुरु गरिसकेको छ भने नेपाल र भारतमा भिसा सेन्टर खोल्न सकेको छैन । वैदेशिक रोजगारीका क्रममा नेपाली कामदारहरु कतार गइरहेको भएपनि नेपाल सरकारले श्रम नवीकरण भएको छैन । श्रम नवीकरणका लागि श्रम मन्त्रालयले छलफल गरिरहेको जानकारी दिएको छ । सन् २००५ मा सरकारीस्तरमा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो ।

भिसा सेन्टरको प्रक्रिया

भिसा सेन्टर खोलेपछि कतार रोजगारीका लागि जाने कामदारले त्यहाँ जानुअघि १८ अमेरिकी डलर (करिव २ हजार नेपाली रुपैयाँ) सेन्टरमा प्रक्रियाका लागि बुझाउनुपर्छ । हाल मलेसियामा ओएससीका नाममा ७ सय रुपैयाँ, साउदी, ओमान, बहराइन र कुवेत जाने कादारले गम्काका नाममा १० अमेरिकी डलर तिरे जस्तै कतार जाने कामदारले १८ डलर तिर्नुपर्ने देखिन्छ । तर, भिसा सेन्टरमार्फत जाने कामदारलाई शुल्क लाग्दैन भनेर बाहिर हल्ला मात्र चलाइएको एक रोजगार व्यवसासीले जानकारी दिएका छन्।

कतार रोजगारीमा जाने चाहने नेपाली कामदारले भिसा सेन्टरमा आवेदन दिएर २ हजार रुपैयाँ बुझाएपछि उनीहरुको पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि पुनः म्यानपावर कम्पनीमै जानुपर्छ । भिसा सेन्टरले पनि म्यानपावरको सहयोगमै कामदार लिने पाइएको छ । सेन्टरमार्फत कतार जाने कामदारले नेपालमै भिसा र तलबका विषयमा जानकारी लिन सक्नेछन्। तर, उनीहरुलाई यो सवै प्रक्रिया म्यानपावर कम्पनले नै गर्ने भनिएको छ । सेन्टरमार्फत स्वास्थ्य परीक्षण, फिगंर प्रिन्ट, रोजगारीका लागि कतार जान चाहने कामदारका आवेदन र भिसा लागेपछि सम्झौता पत्र हस्ताक्षरको काम हुने बताइएको थियो ।

स्वास्थ्य परीक्षण, फिगंर प्रिन्ट र अन्य प्रक्रियाका लागि कतार रोजगारीमा जान चाहने कामदारले सेन्टरमा करिब ७ हजार रुपैयाँसम्म तिर्नुपर्ने एक रोजगार व्यवसायीको दाबी छ । नेपालमा खोल्ने भनिएको कतारी भिसा सेन्टरबाट कामदारलाई आर्थिक भार पर्ने अवस्था देखिएपछि मन्त्रालयले भिसा सेन्टर खोल्न रोक लागएको श्रम मन्त्रालयका एक अधिकारीले जानकारी दिए । हाल कतारमा करिब ४ लाख नेपाली कामदार कार्यारत रहेको सरकारी तथ्यांकले बताउँछ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ६ : १२ बजे

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय