मेलम्चीबाट इटालियन कम्पनी सीएमसीलाई हटाउने निर्णय « Khabarhub

मेलम्चीबाट इटालियन कम्पनी सीएमसीलाई हटाउने निर्णय


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मेलम्ची आयोजनाको सुरुङमार्ग निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का तोडेको छ ।

ठेक्का रद्द किन नगर्ने भन्ने प्रश्नको १४ दिनभित्र जवाफ पठाउन समितिले इटालियन कम्पनी सिएमसीलाई माघ ६ गते पत्राचार गरेको थियो । तर, ठेकेदार कम्पनी सीएमसीबाट कुनै आधिकारीक जवाफ नआएपछि कानूनी जटिलता पैदा भएको भन्दै ठेक्का सम्झौता रद्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिले भनेको छ,‘यस्तो परिस्थितिमा ठेक्का सम्झौता रद्द नगर्दा थप अन्यौल पैदा हुन सक्ने र नेपाल सरकारले फिर्ता लिएको बैंक ग्यारेन्टी रकम समेत गुम्नसकने जोखिम आउन सक्ने भएकाले मेलम्ची खानेपानी विकास समितिको मिति २०७५ माघ २४ गते बसेको बोर्ड बैठकले सिएमसी दि राभेनासँग ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।’

ठेक्का तोडिएको परिस्थितिमा आयोजनाको बाँकी काम सम्पन्न गर्न समितिले नेपाल सरकार समक्ष विकल्प सहितको प्रताव तयार गर्ने र नेपाल सरकारले गर्ने निर्णय दृढतापूर्वक कार्यान्वयन गरि अघि बढ्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ८ : ०४ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर