चुरोट तान्न सय वर्ष पुग्नु पर्ने ! « Khabarhub

चुरोट तान्न सय वर्ष पुग्नु पर्ने !


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चुरोट आफैँमा स्वास्थ्यका लागि हानीकारण छ । तैपनि अम्मलीहरु चुरोट नखाई बस्न सक्दैनन् । आजकल काठमाडौँका पसल तथा क्याफेहरुमा माध्यमिक तह पढ्ने विद्यार्थीले समेत चुरोट तानेको देख्न पाइन्छ । चुरोट तान्न महिलाहरु पनि पुरुषभन्दा कम छैनन् ।

बालबालिका तथा किशोरकिशोरीलाई धूमपानको लत नलागोस् भन्नाका लागि विश्वका अधिकांश सभ्य मुलुकले चुरोट बेच्न उमेरहद तोकेका हुन्छन् । नेपालमै पनि १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा किशोरकिशोरीलाई चुरोट बेच्न पाइँदैन । चुरोट खरिदविक्री तथा धूमपानका मामलामा विभिन्न मुलुकमा आ–आफ्नै नियम छन् । तर, सुन्दा अचम्म लाग्ला, अमेरिकाको हवाई राज्यमा अब चुरोट तान्न १ सय वर्ष पुग्नुपर्ने भएको छ ।

खासमा हवाई राज्यकको कङ्ग्रेसमा एकजना डेमोक्र्याटिक पार्टीका सदस्यले राज्यमा अब चुरोट तान्ने वैधानिक उमेरहद १ सय वर्ष पु¥याउनुपर्ने प्रस्ताव गरेका छन् । रेचर्ड क्रिगेनले राज्यको कङ्ग्रेसमा प्रस्ताव गरेको यो विधेयक पारित भएमा श्रृङ्खलाबद्ध रुपमा सन् २०२४ सम्म चुरोट तान्ने उमेरहद १ सय वर्ष पुग्नेछ ।

यसअनुसार सन् २०२० मा चुरोट किन्न पाउने उमेर ३० वर्ष पुग्नेछ, त्यस्तै २०२१ मा ४० वर्ष २०२२ मा ५० वर्ष, २०२३ मा ६० वर्ष र सन् २०२४ मा १ सय वर्ष पुग्नेछ । उनको विधेयकमा विद्युतीय चुरोट र सुर्तिजन्य चुइगममा भने उमेर हद बढाउने प्रावधान उल्लेख छैन । यी पदार्थ चुरोटजस्तो हानीकारक नहुने भएकाले समावेश नगरिएको क्रिगनले हवाई ट्राइबुन हेराल्डलाई बताएका छन् ।

हवाई राज्यमा धूमपानका मामिलाको कानून उसैपनि कठोर नै मानिन्छ । हवाई राज्यमा चुरोट खरिद गर्ने वैधानिक उमेर २१ वर्ष हो । अमेरिकाका अरु ठाउँमा यो उमेरहद १८ वा १९ वर्ष मात्रै छ । तर, यो विधेयक पारित भई कानून बनेमा यसले हवाई राज्यमा चुरोट तान्ने कोही पनि हुने छैनन् ।

क्रिगनले विधेयकमा चुरोट भन्ने चिज संसारकै सबैभन्दा खतरनाक मानवनिर्मित वस्तु भएकाले यसलाई प्रतिबन्ध लगाउन अझै धेरै गर्न बाँकी रहेको उल्लेख गरेका छन् । हुनपनि अमेरिकामा हरेक वर्ष धूमपानका कारण ५ लाखभन्दा धेरै मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ ।
उनी आकस्मिक कक्षका चिकित्सक भएकाले उनले राज्यमा चुरोट प्रतिबन्ध गर्न औधी नै लागिपरेको बताइन्छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ९ : ०६ बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान