अन्तरनगर कराते प्रतियोगिता फागुनमा « Khabarhub

अन्तरनगर कराते प्रतियोगिता फागुनमा


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– शहीद दिवसको अवसरमा भक्तपुर नगरपालिकाले आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म अन्तरनगर कराते प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नगरपालिकाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आजसम्म विभिन्न जिल्लाका १७ भन्दा बढी नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको बताए ।

उनका अनुसार प्रतियोगितामा भाग लिन भक्तपुरका चार वटा नगरपालिका भक्तपुर, सूर्यविनायक, मध्यपुरथिमि, चाँगुनारायण, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी, तारकेश्वर नगरपालिका, काभ्रेको पाँचखाल, धुलिखेल, बनेपा, पनौती, पोखरा, सुर्खेत, पर्सा घोराही नगरपालिकासहित अन्य नगरपालिकाबीच प्रतिस्पर्धा हुने  छ ।

भक्तपुरलाई खेलकूदको केन्द्र बनाउने उद्देश्यले नगरपालिकाले यसवर्ष एक करोड ८० लाखको बजेट विनियोजन गरेको बताए । प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुने १०–१० जनालाई रु पाँच–पाँच हजारका दरले, दोस्रो हुने १०–१० जनालाई तीन–तीन हजारको दरले र तेस्रो हुने २०–२० जनालाई जनही एक हजार ५०० का दरले पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रतियोगितामा २० देखि ६० किलो समूहका फरकफरक खेलाडी र फ्रि काताको प्रतिस्पर्धा गराइने भएको छ । स्कुल स्कुलमा, टोल टोलमा र वडा वडामा खेलकूदको विकास गर्ने लक्ष्यले स्कुलस्तरीय, वडास्तरीय, नगरस्तरीय हुँदै अन्तर नगर खेलकूद प्रतियोगिता गर्दै आएको नगरपालिकाले सांस्कृतिक नगर मात्रै नभई खेलकूदको नगरको रुपमा समेत भक्तपुरलाई चिनाउने बताए ।

युवालाई खेलकूद क्षेत्रमा अगाडि बढाउन नगरपालिकाले फुटबल, भलिबल, बक्सिङ, कराते र टेबुलटेनिस खेलको प्रशिक्षण दिँदै आएको उनले बताए । नगरका दशवटै वडामा वडा खेलकूद समिति गठन गरी खेलकूद गतिविधिलाई वडागत तहमा व्यापक बनाएको बताउउँदै प्रमुख प्रजापतिले प्रत्येक वर्ष अन्तरनगर खेलकूद प्रतियोगिता गर्ने तयारी स्वरुप यसवर्ष २०७५ फागुन ५ देखि ८ गते अन्तरनगर कराते प्रतियोगिताको आयोजना गर्ने भएको बताए ।

भक्तपुर नगरपालिकाले ऐन बनाएर खेलकूदलाई मौलिक हकको रुपमा राखेको बताउँदै खेलकूदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी तयार गरी भक्तपुरको मात्रै होइन, देशको नाम संसारभर चिनाउन खेलकूद अभियान शुरु गरेको बताए ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ८ : ४५ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक