नवनियुक्त राजदूतहरुलाई चेम्बर अफ कमर्सको बधाई « Khabarhub

नवनियुक्त राजदूतहरुलाई चेम्बर अफ कमर्सको बधाई


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले राजधानीमा एक कार्यक्रमको आयोजना गरी बिभिन्न मुलुकहरुमा नेपालको राजदूत नियुक्त भएका राजदूतहरुलाई राजदूतहरुलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना प्रदान गरेको छ ।

कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले सम्बोधन गर्दै नवनियुक्त सबै राजदुतहरुलाई बधाई तथा शुभकामना दिएका हुन् ।  ‘समृद्द नेपाल, सुखी नेपाली’को नारा पूरा गर्नको लागि देशभित्र र देश बाहिर अनुकुल वातावरण कायम गर्न सरकार लागि परेको अवस्थामा विभिन्न मूलकका नेपाली राजदूतहरुले ती देशहरुसँग कुटनीतिक सम्बन्ध मजबुत बनाउनुपर्ने बताए ।

राजदुतहरुले नेपालको राष्ट्रिय स्वार्थ पूरा गर्नलाई नेपालको ब्यापार प्रवद्र्धन, लगानी अभविद्धि, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा बिशेष पहल गर्न समेत अपिल गरे । भारतका लागि नेपालका नव–नियुक्त राजदुत निलाम्बर आचार्यले देश समृद्द बन्नलाई उत्पादन र निर्यात बढ्नु पर्ने कुरामा जोड दिए । साथै उनले चेम्बर र राजदूतहरु महत्वपूर्ण साझेदार भएको कुरा समेत उल्लेख गरे ।

चेम्बरले बिश्वब्यापी रुपमा नेपालमा बन्दै गएको लगानीमैत्री वातावरणको प्रचार गर्नुपर्ने कुरा उल्लेल्ख गरे । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेपाली उद्योगीहरु व्यापारी मात्र नभै उत्पादनकर्ता समेत भएको कुरामा जोड दिए । इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले लगानीकर्ता भित्र्याउन आफुले सक्दो पहल गर्ने बताइन् । उनले आफू नेपाली महिला व्यवसायीहरु र इजराइलका महिला व्यवसायीहरुको बिचमा सम्बन्ध स्थापित गर्न प्रयासरत रहने व्यक्त गरिन् ।

त्यसैगरी संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले सन् २०२२ सम्ममा अति कम वकिसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन र सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्र बन्न नेपालले आफ्नो ब्यापारमा सुधार गर्नु पर्ने कुरा उल्लेख गरे ।

कर्यक्रममा संयुक्त अरब इमिरेट्सको लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकाल, थाईल्याण्डका लागि नेपाली राजदुत गणेश ढकाल, स्वीटजरल्याण्डका लागि नेपाली राजदूत मणि भट्टराई, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी र कुवेतका लागि नेपाली राजदूत दुर्गा शर्माले आफूहरुले आफ्नो कार्यकालभरि समृद्द नेपाल सुखी नेपाली को नारालाई सार्थक तुल्याउन लाग्ने बताए ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ८ : ५७ बजे

गोरखापत्रकाे महाप्रवन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशरण संस्थामा अध्यक्ष आह्वान

काठमाडौँ– सरकारले गोरखापत्र संस्थानको महाप्रवन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

जनकपुर– मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य

मनसुनजन्य विपद् प्रतिकार्यमा सेनाको सक्रियता

काठमाडौँ– नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल