मरिचको प्रयोगले स्वास्थ्यमा हुने १५ फाइदा « Khabarhub

मरिचको प्रयोगले स्वास्थ्यमा हुने १५ फाइदा


२४ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दुध, चिया, रोटी, तरकारी आदिमा मरिच प्रयोग गर्दा स्वाद मिठो हुन्छ ।  खाने मसलाको धुलोमा मरिच पनि मिसाइएको हुन्छ । स्वादका लागि मात्रै होइन मरिच स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ ।

मरिचको फाइदा यस्तो छ

– टाउको दुखेमा : पाँच चम्चा जति गाईको घ्यूमा सात गेडा मरिच झानेर टाउको दुखेको बेलामा लगाउनदा टाउको दुख्न निको हुन्छ ।

–टाउकोको आधा भाग दुखेमा : मरिचलाई पानीमा पिनेर लेप बनाएर दाहिने पट्टिको टाउकोको भाग दुखेको भए देव्रेपट्टिको कंचटमा लेप लगाउने र देव्रे पट्टिको भाग दुखेको भए दाहिने पट्टिको भागमा लेप लगाएमा ठीक हुन्छ ।

–रुघाखोकी लागेमा : मरिचको १० वा १५ दाना पिनेर फिटेर दैनीक सेवन गरेमा एक सातामा रुघाखोकी ठीक हुन्छ ।

–पिनास भएमा : २५–३० दाना मरिच हालेर पिँधेर, दुई ग्लाँस पानीमा पकाएर खाने त्यसपछि सिरक ओडेर सुत्न सुत्ने । यो प्रक्रियाले पिनास, रुघा र टाउको दुखेको रोग ठीक हुन्छ ।

– कफ र खोकी लाग्ने समस्या भएमा : १ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउने । त्यसलाई दिनको तीन–चार वटा गोली चुस्ने । यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक हुन्छ ।

– हिक्क आउने समस्या : हिक्क आउने समस्या आएमा मरिच डडाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा ठीक हुन्छ ।

– फियो बढेमा : कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप लगाएमा ठीक हुन्छ ।

– जाडोले कामज्वरो आएमा : एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।

– आँखाको कुनैपनि रोग लागेमा : गाईको घ्यूमा मरिचको धूलो तताएर भातमा मिसाएर खाने गरेमा आँखाका रोगहरु लाग्नबाट बच्न सकिन्छ ।

– अंग नचलेमा वा पक्षघात भएमा : मरिचको धूलो, नीमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जान्छ ।

– दाँत दुख्ने रोगमा : मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको समस्या ठीक हुन्छ ।

– शरीर सुन्निएमा : मरिच डढाएको तेल मालिस गर्नाले शरीर सुनिएको ठीक हुन्छ ।

– अमलपित्तको रोग भएमा : फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुन्छ ।

– भोक जगाउन : १ चम्चा मरिचको धूलो एकचम्चा महसँग फिटेर बिहान खाली पेटमा खाएमा भोक लाग्छ ।

– अण्डकोष बढेमा :यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठीक हुँदै जान्छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  ९ : ३८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४