तपाईंलाई थाहा नहुन सक्छ अब्राहम लिंकनका यी १० रोचक किस्सा « Khabarhub

तपाईंलाई थाहा नहुन सक्छ अब्राहम लिंकनका यी १० रोचक किस्सा


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अब्राहम लिंकन अमेरिकाको इतिहासकै महानतम राष्ट्रपति मानिन्छन् । सन् १८६१ देखि सन् १८६५ सम्म उनले अमेरिकाको १६ औं राष्ट्रपतिको कार्यकाल सम्हालेका थिए ।

उनी अमेरिकामा दासहरुलाई मुक्त गर्ने राष्ट्रपतिका रुपमा चिनिन्छन् । सन् १८६५ मा फोर्ड थिएटरमा जोन वाइक्स बुथले उनको गोली हानी हत्या गरेका थिए । उनीबारे थाहा नभएका १० रोचक कुराहरु यस्ता छन्-

१. अध्ययन

अब्राहम लिंकनले जीवनको निकै छोटो समयमात्र औपचारक अध्ययन गरेका थिए । जीवनमा उनको अध्ययन केबल अनौपचारिक मात्र थियो । उनले केबल १८ महिनाको औपचारिक अध्ययन गरेका थिए । अनौपचारिक अध्ययनबाट नै उनी अधिवक्ता बन्न सफल भएका थिए ।

२. कुस्ती

अब्राहम लिंकनलाई मनपर्ने खेल कुस्ती थियो । उनले बाल्यकाल तथा युवाअवस्थामा आफ्ना साथीहरुसँग कुस्ती खेल्ने गर्थे । उनले एकपटक ‘द क्लारी गोभ ब्वाइज’ नामक कुस्ती समूहका नाइकेलाई समेत हराएका थिए ।

३. बन्चरेका छोरा

उनका बाबु टमस लिंकन किसान तथा सिकर्मी थिए । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले अब्राहम लिंकनले समेत सानै उमेरमा बन्चरो चलाउन सिकेका थिए । उनी बन्चरो चलाउन समेत सिपालु थिए । उनले एकपटक ‘मलाई कुनै रुख काट्न ६ घण्टाको समय दिनुहोस्, म पहिलो ४ घण्टा बन्चरोमा धार लगाउन मात्र बिताउँछु’ भनेका थिए ।

४. विभिन्न कीर्तिमान राख्ने पहिलो राष्ट्रपति

अमेरिकी इतिहासमा सपथ ग्रहणमा फोटो खिचाउने, पेटेन्ट भएका, पहिलो रिपब्लिकन राष्ट्रपति, केन्टकी राज्यमा जन्मेका पहिलो राष्ट्रपति, राष्ट्रपतीय कार्यकालमा दारी पाल्ने पहिलो राष्ट्रपति लगायतका अन्य राष्ट्रपतीय कीर्तिमान राखेका छन् ।

५. उनको हत्या

अमेरिकामा गृहयुद्ध चलिरहेका बेला दक्षिणी राज्यका एक जना कलाकार जोन वाइक्स बुथले फोर्ड थिएटरमा उनको गोली हानी हत्या गरेका थिए । उनको हत्या गर्ने समयमा उनका अंगरक्षक भने विदामा बसेका थिए भने उनको हत्या हुनुअघि उनका एकजना सहकर्मीले उनको हत्या हुने सपना देखेका थिए ।

६. धूमपान, मद्यपान नगर्ने राष्ट्रपति

लिंकनले जीवनभर धुमपान र मद्यपान गर्दैनथे । एक पटक उनले लामो यात्राका क्रममा एकजना सहयात्रीले रक्सी पिउन र सिगार तान्न गरेको अफर पनि अस्वीकार गरेका थिए ।

७. टोपीमा दस्तावेज

तस्वीरमा उनले लामो टोपी लगाएको त देखिएकै हो । उनले आफ्नो टोपीमा महत्वपूर्ण दस्तावेज र कागजात राखेर हिड्ने गर्थे । उनलाई आफ्नो कागजात र दस्तावेजको सुरक्षाको निकै चिन्ता रहने गथ्र्यो ।

८. एब

उनलाई अमेरिकामा माया गरेर ‘एब’ भनेर पुकारिन्छ । तर, उनले आफूलाई एब भनेर बोलाएको पटक्कै मन पर्दैनथ्यो । उनले मानिसहरु आफूलाई आफ्नो थर लिंकन भनेर बोलाउन् भन्ने चाहन्थे ।

९. महिलासँग डर

उनलाई महिलाहरुसँग डर लाग्थ्यो । उनी अन्तरमुखी स्वभावका भएकाले उनी कुनै पनि महिलासँग लामो गफ गर्न सक्दैनथे । एकपटक एउटी महिलाले उनलाई ‘दुब्लो र बुख्याचाजस्तै कुरुप’ भनेकी थिइन् । सन् १८३० को दशकमा मेरी ओवेन्सले महिलाप्रति उनको व्यवहार बुझेरै उनको विवाह प्रस्ताव अस्वीकार गरेकी थिइन् ।

१०. व्यक्तिगत साथी

लिंकन अन्तरमुखी र एकान्तप्रिय स्वभावका भएकाले उनका कोही व्यक्तिगत साथी थिएनन् । उनी आफ्नो व्यक्तिगत जीवनबारे कसैसँग पनि खुलेर कुरा गर्दैनथे । बाटामा चिनेकै मानिस देखेपनि उनी देखेको नदेख्यै गरी वास्तै नगरी हिड्ने गर्थे ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ५ : ५१ बजे

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई

रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुल सदस्य संख्या