मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति | Khabarhub Khabarhub

मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन्। मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेको नयाँ पत्रिकामा खबर छ ।

३० किलोमिटर पाइप फुट्दा १६ करोडको क्षति भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीले बताए। क्षति भएका पाइप हटाएर पुनः नयाँ बिछ्याउँदा थप १६ करोड लाग्ने उनले बताए।

‘हामीले पाइप बिछ्याएको ठाउँमा सडक विभाग र स्थानीय तहले सडक विस्तार गर्दा तथा ढल निर्माण गर्दा पाइप फुटेका हुन्,’ खत्रीले भने, ‘निर्माण व्यवसायीका कमजोरीले समेत पाइप फुटेका छन्। करिब १६ करोड रुपैयाँबराबरको क्षति पुगेको छ। अब पुनः बिछ्याउँदा उत्ति नै खर्च हुन्छ।’ मुख्य पाइपबाट घर–घरमा लैजान जोडिएका पाइपमा धेरै क्षति पुगेको उनले बताए।

आयोजनाले उपत्यकामा ०७० देखि पाइप बिछ्याउँदै आएको छ। अहिलेसम्म एक हजार दुई सय किलोमिटर पाइप बिछ्याएकोमा अब तीन सय किलोमिटर बाँकी छ। हाल ललितपुर महानगरपालिका क्षेत्र, कलंकी, कुलेश्वरमा बिछ्याउने काम भइरहेको छ।

मेलम्ची खानेपानी आयोजनाको लगानीकर्ता एसियाली बिकास बैंक (एडिबी)ले पाइप फुटेको विषयमा चासो देखाएको छ। एडिबीले अर्थ मन्त्रालयलाई पत्र लेख्दै सम्बन्धित सबै निकायलाई बोलाएर छलफल र समन्वय गराउन भनेको छ। निर्देशनालयले पनि पाइप फुटेर पुगेको क्षतिका विषयमा खानेपानी मन्त्रालय र अर्थ मन्त्रालयलाई जानकारी गराएको छ। ‘एडिबीले दोहोरो भुक्तानी गर्न नसकिने भनेर अर्थ मन्त्रालयलाई सबै निकायबीच समन्वय गराउन पत्र लेखेको छ। हामीले पनि जानकारी गराएका छौँ,’ खत्रीले भने।

निर्देशनालयले बिछ्याइएको पाइप जाँच गर्न ट्यांकरको पानी प्रयोग गरिरहेको छ। यसरी गर्दा खण्ड–खण्डमा मात्रै पाइप जाँच सम्भव भएको छ। तर, खण्ड–खण्डमा जाँच गर्दा क्षति पुगेको पाइपको यकिन जानकारी पत्ता लाग्न नसक्ने निर्देशनालयको भनाइ छ।

‘अहिले देखिएको क्षति ३० किमिमा हो। अझै थप क्षति पनि हुन सक्छ। पानी छैन, ट्यांकरको पानीले जाँच गर्दा कहाँ क्षति पुगेको छ भन्ने यकिन जानकारी पाउन सकिन्न,’ खत्रीले भने, ‘बिछ्याएको लामो समयसम्म पाइप सुक्खा रहँदा त्यसै पनि समस्या आउन सक्छ।’ मेलम्चीको पानी काठमाडौं नआई पूर्ण रूपमा पाइपको जाँच गर्न असम्भव रहेको उनले बताए।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ७ : २६ बजे

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको