हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुग्यो, १०९ घाइते « Khabarhub

हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुग्यो, १०९ घाइते


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कैलाली र कंचनपुरमा बिहीबार रातिको हावाहुरीमा परी ज्यान गुमाउनेको संख्या २ पुगेको छ । दुवै जिल्लामा १०९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

कैलालीको टीकापुर नगरपालिका २ मा लाहनु डगौराको मृत्यु भएको छ। त्यस्तै गोदावरी नगरपालिका ८ मा हावाहुरीमा परी वीरवहादुर चौधरीको मृत्यु भएको छ।

पुर्बबाट पश्चिम गइरहेको बा ३ प ३८३६ नम्बरको टिप्परले से १ प ५८५१ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो। घाइते अधिकाशको सेती अस्पतालमा उपचार भइरहेकोछ।

हावाहुरीका कारण अहिलेसम्म कैलालीमा ७६ जना घाइते भएका छन् । कञ्चनपुरमा ३३ जना घाइते भएका छन्। गम्भीर चारजनालाई उपचारका लागि भारत र नेपालगन्ज पठाइएको छ।

क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।  हावाहुरीका कारण घर टहराको छाना उडेको छन् भने रुखहरु ढलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिए । ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । बिजुलीका पोल ढल्दा कतिपय स्थानमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ ।

घटनास्थलमा प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको छ । यसैबीच, डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा चट्याङ लागेर ६ जना घाइते भएका छन्।बिहीबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ७ : ५६ बजे

सबैजसो पुराना नेता तानिन सक्छन् अनुसन्धानमा, दलहरूमा निम्तिन सक्छ गम्भीर संकट

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै पुराना दलका

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल